काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा दुई कम्पनीले आईपीओ निष्कासनका लागि अनुमति मागेका छन्।

आईएमई लाइफ इन्स्योरेन्स र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग्दै आवेदन दिएका हुन्।

आईएमई लाइफले कुल ६० लाख कित्ता आईपीओ निष्कासनको अनुमति मागेको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ६० करोड रुपैयाँ आईपीओ निष्कासनको तयारी गरेको हो। 

यो कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ। 

यसैगरी नेष्डो समृद्ध लघुवित्तले कुल ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासनका लागि अनुमति मागेको छ। संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ८ करोड २८ लाख ७५ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने तयारी गरेको छ। 

यो संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ।