काठमाण्डौ । दुई फाइनान्ससहित ५ कम्पनीको सेयरमूल्य समायोजन गरिएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले गत आर्थिक वर्षको बोनस सेयरका लागि मल्टीपर्पस फाइनान्स, पोखरा फाइनान्स, जनउत्थान सामुदायिक लघुवित्त र कालिका लघुवित्तको तथा हकप्रद प्रयोजनका लागि छ्याङ्दी हाइड्रोपावर कम्पनीको सेयरमूल्यमा समायोजन गरेको हो। समायोजित मूल्यअनुसार प्रतिकित्ता मल्टीपर्पसको ४१६.८१ रुपैयाँ, पोखराको ४४०.४३ रुपैयाँ, जनउत्थानको २३८३.२० रुपैयाँ, कालिकाको ११६३.७२ रुपैयाँ र छ्याङ्दीको ३९६.१५ रुपैयाँ कायम भएको छ।
यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता मल्टीपर्पसको ४७१ रुपैयाँ, पोखराको ४७६ रुपैयाँ, जनउत्थानको २९७९ रुपैयाँ, कालिकाको १३१५ रुपैयाँ र छ्याङ्दीको ४८५ रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार नै यी कम्पनीको सेयर कारोबामार आउनेछन्।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि मल्टीपर्पस, पोखरा, जनउत्थान र कालिकाले आज पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ हिजो पुस २० गतेसम्म कायम सेयरधनीले यी कम्पनीको लाभांश पाउन र सभामा भाग योग्य भएका छन्।
मल्टीपर्पसले गत आर्थिक वर्षका लागि कुल १३.६८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६८ प्रतिशत नगद लाभांश छन्। प्रस्तावित लाभांश संस्थाको यही पुस ३० गते हुने २४ औँ वार्षिक साधारणसभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ।
गत आर्थिक वर्षका लागि पोखरा फाइनान्सले कुल ८.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ८.०७५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४२५ नगद लाभांश रहेका छन्। प्रस्तावित लाभांश कम्पनीको यही पुस ३० गते हुने २५ औँ वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले पाउनेछन्।
यसैगरी जनउत्थान सामुदायिक लघुवित्तले गत आर्थिक वर्षका लागि कुल २६.३१५७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा २५ प्रतिशत बोनस र कर प्रयोजनार्थ १.३१५७ प्रतिशत नगद लाभांश छन्। यो लाभांश संस्थाको यही पुस ३० गते हुने ११ औँ वार्षिक साधारणसभाले पारित गर्नेछ।
कालिका लघुवित्तले पनि यही पुस ३० गते १२ औँ वार्षिक साधारणसभा डोकेको छ। सोही सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित १३ प्रतिशत बोनस सेयर पारित गरेपछि सेयरधनीहरुले पाउनेछन्।
त्यस्तै छ्याङ्दी हाइड्रोपावरले हकप्रद प्रयोजनका लागि आज पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो पुस २० गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रद भर्न योग्य भएका छन्।
कम्पनीले १०ः३ अर्थात चुक्तापुँजीको ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ८ लाख ९३ हजार २५ कित्ता हकप्रद सेयर जारी गर्नेछ।
हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ पुग्नेछ।
कम्पनीको यो कम्पनीलाई नेपाल धितोपत्र बोर्डले गत पुस १ गते निष्कासनको अनुमति दिएको थियो। हकप्रद बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।
यो हकप्रद बिक्रीपछि कायम हुने चुक्तापुँजीको पुनः ४० प्रतिशत हकप्रद निष्कासन गर्ने कम्पनीले निर्णय गरेको छ।
11 minutes ago
36 minutes ago
43 minutes ago
51 minutes ago
59 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago