काठमाण्डौ । दुई जलविद्युत कम्पनीले आईपीओ निष्कासनको माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएका छन्। 

सेबोनमा सानिमा मिडिल तमोर र सुपर मादी हाइड्रोपावरले आईपीओ निष्कासनको माग गर्दै आवेदन दिएका हुन्। यी दुवै हाइड्रोपावरको धितोपत्र बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।

सेबोनले अनुमति दिएमा सानिमा मिडिल तमोरले १०० अंकित दरका कुल ८३ लाख ३१ हजार २५० कित्ता आईपीओ जारी गर्नेछ। 

यसैगरी सुपर मादी हाइड्रोपावरले पनि सेबोनले अनुमति दिए १०० अंकित दरका कुल ३१ लाख ५० हजार कित्ता आईपीओ बिक्री गर्नेछ। 

यी दुवै हाइड्रोपवारले स्थानीय र सर्वसाधारणका लागि दुई चरणमा आईपीओ बिक्री गर्नेछन्।