काठमाण्डौ । संयुक्त अरब इमिरेट्सका सात इमिरेट्समध्येको एक दुबईले आफ्नै कीर्तिमान तोड्न लागेको छ।
दुबईले एक मेगा सिटी स्थापना गर्ने योजना बनाएको छ। जसमा विश्वको सबैभन्दा अग्लो भवन पनि हुनेछ।
हाल विश्वको सबैभन्दा अग्लो भवन बुर्ज खलिफा हो। बुर्ज खलिफाको लम्बाइ ८२१ मिटर छ। दुबई क्रिक टावरको उचाइ १३४५ मिटर हुनेछ।
क्रिक टावरको उचाइ बुर्ज खलिफाभन्दा बढी हुनेछ। यो एम्पायर स्टेट बिल्डिङभन्दा चारगुणा अग्लो हुनेछ। सन् २०२५ सम्ममा तयार गर्ने योजना छ। जसमा काम सुरु भइसकेको छ।
विश्वको सबैभन्दा अग्लो टावर बन्ने मेगा सिटीमा सन् २०२३ सम्ममा ६० लाख मानिस बस्न सक्नेछन्। दुबईले पनि पृथ्वीको सबैभन्दा विकसित सहर बन्ने योजना बनाएको छ।
दुबई क्रिक टावरको निर्माण कार्य सुरु भइसकेको छ। एकपटक पूरा भएपछि यो संसारको सबैभन्दा अग्लो मानव निर्मित संरचना हुनेछ। यो टावर निर्माणमा १ अर्ब डलर खर्च हुने अनुमान गरिएको छ।
दुबई क्रिक टावरमा लक्जरी होटल, रेस्टुरेन्ट र अपार्टमेन्ट पनि बनाइनेछ। कोरोना महामारीका कारण सन् २०२० मा यस भवनको काम रोकिएको थियो।
विश्वको सबैभन्दा अग्लो भवन, विश्वको सबैभन्दा ठूलो मल, आगामी दशकभित्र दुबईमा खुल्ने अपेक्षा गरिएको छ। संसारको सबैभन्दा ठूलो एक्वेरियम र संसारको सबैभन्दा ठूलो थिम पार्क पहिले नै दुबईमा छ।
दुबई विश्वका धनीहरुको सूचीमा तीव्रगतिमा उक्लिरहेको छ। दुबईमा हाल १३ अर्बपति र करिब ६८ हजार करोडपति छन्। –एजेन्सी
7 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago