काठमाण्डौ । दुुबईमा त्यहाँका सरकारी अधिकारीहरुले एक ब्रिटेनका नागरिकको भद्धा र आक्रामक व्यवहार तथा प्रस्तुतीका कारण गिरफ्तार गरेको छ । 

ब्रिटिस नागरिक जामिल अहमद मुकद्धतले सडकमा आफ्नो डाइभरलाई औंला देखाइदिएका थिए । यदि उनी दोषी पाइए भने उनीमाथि जेल सजाय समेत हुनसक्ने बीबीसीले जनाएको छ । 

तर, यदि उनलाई दुुबईको कानून तथा नियमको बिषयमा पहिला नै थाहा थियो भने उनले यसरी झञ्झट व्यहोर्नुपर्ने थिएन र अर्काको देशमा जेल बस्नुपर्ने थिएन । यसको अर्थ हो, दुुबईमा भद्धा तथा छाडा इशारा तथा गतिविधि पनि जेल जाने कारण बन्नसक्छ । 

संयुक्त अरब इमिरेट्स तथा खासगरी दुुबईमा अन्य यस्ता पनि प्रतिबन्ध तथा बन्देजहरु छन्, जसको बिषयमा त्यहाँ जाने जोसुकैले थाहा पाउनुपर्छ । 

बीबीसीका अनुसार दुुबईमा गर्नै नहुने १० काम यस्ता छन्:

  1. भद्धा, अराजक र आक्रामक इशारा वा व्यवहार प्रदर्शन नगर्ने
  2. अविवाहित पुरुष तथा महिला होटेलको कुनै पनि कोठामा एकसाथ रहन सक्दैनन्
  3. विवाहबिना यहाँ सेक्स गर्न बर्जित छ
  4. सार्वजनिक ठाउँमा  चुम्बन गर्न पाइन्न
  5. पुरुषले महिलाको कपडा लगाउन पाउदैन । शरीरमा कसिलो कपडा लगाउन समेत बन्देज छ । 
  6. सामाजिक सञ्जालमा अपमानजनक भाषामा कुनै पोष्ट नगर्नुहोस्
  7. समलैंगिकताबाट बच्नुुहोस्
  8. सडक तथा सार्वजनिक स्थानमा रक्सी पिउन मनाही छ
  9. रमजानको क्रममा सार्वजनिक स्थानमा पिउने काम नगर्नुहोस्, धम्रपानबाट पनि बच्नुहोस्
  10. इजाजत बिना कुनै पनि महिलाको तस्विर खिच्न यहाँ सख्त मनाही छ