काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्य पनि नरहने गरी निश्कासन गरेको छ ।
बुधबार साँझ बसेको केन्द्रीय समितिको बैठकले श्रेष्ठलार्य साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निश्कासन गरेको हो।
सभापति रवि लामिछानेले श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग घूस मागेको अडियो उनकै भएको पुष्टि भएको उल्लेख गर्दै पार्टीबाट निश्कासन गरिएको जानकारी दिएका हुन् ।
सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड घूस माग्दै गरेको अडियो केही दिनअघि सार्वजनिक भएको थियो । उपनिर्वाचनको मुखैमा सांसदले घूस मागेको अडियो सार्वजनिक भएपछि रास्वपा अप्ठ्यारोमा परेको थियो ।
यो प्रकरणलगत्तै सभापति लामिछानेले ७२ घण्टाभित्र श्रेष्ठमाथि कारबाही हुने घोषणा गरेका थिए । त्यसबीचमा ढाकालाई स्पष्टीकरण सोधिएको थियो । उनले अडियोमा बोलेको आफू नभएको दाबी गरेका थिए । तर, उनको दाबी निराधार भएको पुष्टि भएसँगै पार्टी केन्द्रीय समिति उनलाई पार्टीबाट निश्कासन गर्ने निर्णयमा पुगेको हो ।
8 hours ago
19 hours ago
19 hours ago
20 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago