काठमाण्डौ । संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्री बन्ने दौडमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने एमालेका सबै सांसदलाई साधारण सदस्य समेत नरहने गरी कारबाही हुने भएको छ । 

नेकपा एमालेले देउवाको समर्थनमा हस्ताक्षर गर्ने सबै सांसदहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिने पत्र राष्ट्रपति कार्यालयलाई पठाएको हो । 

योसँगै एमालेबाट देउवाको समर्थनमा हस्ताक्षर गर्ने सबैजनाको सांसद पद समेत गुम्नेछ । उनीहरुले दलको विधान र संसदीय अभ्यासविपरीत काम गरेकाले उनीहरुलाई चाँडै कारबाही गरिने पत्र पठाइएको स्रोतको भनाई छ । 

सिंगो मुलुक अबको प्रधानमन्त्री को बन्ला भनेर प्रतिक्षा गरिरहेको बेला राजनीतिक रोचक बन्दै गएको छ ।