काठमाण्डौ । एनआइबिएल एस क्यापिटलले देवयानी इन्टरनेशनल नेपाल प्रालिका कर्मचारीहरुलाई सामूहिक लगानीकोष सम्बन्धी विशेष सचेतनामूलक कार्यक्रम र तालिम प्रदान गरेको छ । 

एनआइबिएल एस क्यापिटल नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको र एनआइबीएल म्युचुअल फण्डको कोष व्यवस्थापक तथा डिपोजिटरी हो । 

यस्तै, देवयानी इन्टरनेशनल नेपाल प्रालि केएफसी, पिज्जा हट र क्रिमबेल आइसक्रिमजस्ता अन्तराष्ट्रिय फुड चेन संचालन गरिरहेको कम्पनी हो । 

क्यापिटलले देवयानी इन्टरनेशनलका दरबारमार्ग, थापाथली(ब्लुबर्ड मल), लबिम मल, ठिमी, बौद्ध, महाराजगञ्ज र पोखरा शाखाका कर्मचारीहरुलाई सामूहिक लगानी कोष सम्बन्धी सचेतनामूलक कार्यक्रम र तालिम संचालन गरेको हो । 

सामूहिक लगानी कोष नियमावली २०६७ को कार्यान्वयनपश्चात नेपालकै पहिलो खुलामुखी योजना तथा अन्य दुई बन्दमुखी योजना संचालन गरिरहेको यस क्यापिटलद्वारा सञ्चालित सो विशेष कार्यक्रममार्फत उक्त कम्पनीका कर्मचारीहरुले सामूहिक लगानी कोष सम्बन्धी विस्तृत जानकारी पाउनुका साथै पूँजीबजारसँग सम्बन्धित अन्य विषयको समेत जानकारी प्राप्त गरेका छन् ।