काठमाण्डौ । सरकारले वैशाख मसान्तसम्म देशभरका शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ। 

कोरोनाको नयाँ भेरियन्ट देखिने क्रम बढ्दो रहेकोले रोकथाम तथा नियन्त्रणका लागि सरकारले भोलि वैशाख १६ गतेदेखि वैशाख ३० गतेसम्म मुलुकभरका शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो। 

शिक्षण संस्था बन्द गरिए पनि पठनपाठन भर्चुअल वा अन्य वैकल्पिक माध्यमबाट कायम राख्न पनि सरकारले निर्देशन दिएको छ।