काठमाण्डौ । देशभर थप २ हजार २९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार ६ हजार ५८३ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ५८४ जनामा र ४ हजार ३२१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७१३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै देशभर हालसम्म कोरोनाबाट ६ लाख ४९ हजार ९४८ जना संक्रमित भएका छन्।

पछिल्लो २४ घन्टामा काठमाण्डौ उपत्यकामा थप ३७९ जनामा कोरोना पुष्टि भएको छ। जसमा काठमाण्डौका २८५ जना, ललितपुरका ६१ जना र भक्तपुरका ३३ जना छन्।

यो अवधिमा थप ३ हजार १३० जना निको भएर डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको संख्या ५ लाख ५९ हजार ९२८ पुगेको छ।

पछिल्लो २४ घन्टामा थप ४६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार ७७२ पुगेको छ।