काठमाण्डौ । आईपीओ निष्कासनको मुख्य अजेन्डासहित दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले वार्षिक साधारणसभा डाकेको छ।

कम्पनी सञ्चालक समितिको गत पुस १२ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो माघ ९ गते डोकेको हो। सभा काठमाण्डौको त्रिपुरेश्वरस्थित कम्पनीको कार्यालयमा भर्चुअल माध्यमबाट बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्नेछ। सोही आईपीओबाट प्राप्त हुने रकम उपयोगको प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

सभाले दोर्दी १ जलविद्युत् आयोजनाका लागि थप ऋण लिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ । 

सञ्चालक समितिको आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को वार्षिक प्रदिनवेदन, वासलात, नाफानोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण पनि छलफल गरी सभाले पारित गर्नेछ।