काठमाण्डौ । दोल्ती पावर र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर कारोबार आज बिहीबारबाट खुलेको छ।
स्पेसल प्रि–सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तोकेको ओपनिङ रेन्जभित्र यी दुवै कम्पनीको सेयर किनबेच भएसँगै नियमित समयका लागि कारोबार खुलेको हो।
नेप्सेले दोल्ती पवारलाई ‘डीओएलटीआई’ कारोबार संकेत प्रदान गरेको छ। नेप्सेले पहिलो कारोबारका लागि यो कम्पनीलाई प्रतिकित्ता न्यूनतम ८७ रुपैयाँ र अधिकतममा २६१ रुपैयाँ ओपनिङ रेन्ज तोकेको थियो। आज प्रि–सेसनमा यो कम्पनीको सेयर २६१ रुपैयाँमा किनबेच भएको छ।
यसैरी भूगोल इनर्जीलाई नेप्सेले ‘बीईडीसी’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने यो कम्पनीले नेप्सेबाट प्रतिकित्ता न्यूनतम ६७.६३ रुपैयाँ र अधिकतममा २०२.८९ रुपैयाँ ओपनिङ रेन्ज पाएको थियो। आज प्रि–सेसनमा यो कम्पनीको सेयर प्रतिकित्ता २०२ रुपैयाँमा किनबेच भएको छ।
दोल्ती पावर र भूगोल इनर्जीको आईपीओ हिजो नेप्सेमा सूचीकृत भएको थियो।
नेप्सेमा दोल्ती पावरको १०० अंकित दरका कुल ५३ लाख ६४ हजार ८६० कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको ३७ लाख ५५ हजार ४०२ कित्ता र सर्वसाधारणको १६ लाख ९ हजार ४५८ कित्ता छन्।
यसैगरी नेप्सेमा भूगोल इनर्जीको १०० अंकित दरका कुल ५४ लाख ४० हजार ५३४ कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको ३८ लाख ८ हजार ३७४ कित्ता र सर्वसाधारण समूहको १६ लाख ३२ हजार १६० कित्ता सेयर छन्।
2 minutes ago
24 minutes ago
56 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago