काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले १ करोड ६६ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष पनि यही अवधिम्म बैंकले ५९ लाख ९८ हजार रुपैयाँ घाटा व्यहोरेको थियो।
दोस्रो त्रैमाससम्म बैंकलाई १ करोड ६६ लाख रुपैयाँ सञ्चालन घाटा भएको छ। अघिल्लो वर्ष पनि यही अवधिसम्म बैंकलाई ५९ लाख ९८ हजार सञ्चालन घाटा भएको थियो।
यो अवधिसम्म बैंकले ९० लाख ७४ हजार खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १६ लाख ८६ हजार खुद ब्याज आम्दानी गरेको थियो।
यो अवधिसम्म बैंकले ५९ करोड ६७ लाख रुपैयाँ निक्षेप संकलन गरी ५३ करोड ११ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले ३३ करोड ६६ लाख रुपैयाँ निक्षेप संकलन गरी ३४ करोड २० लाख रुपैयाँ कर्जा परिचालन गरेको थियो।
चुक्तापुँजी २६ करोड २४ लाख रुपैयाँ रहेको बैंकको रिजर्भको आकार ६.६१ प्रतिशतले बढेर ११ करोड ७९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ११ करोड ३४ लाख रुपैयाँ रहेको थियो।
बैंकको निष्क्रिय कर्जा दर (एनपीएल) व्यापक सुधार गर्दै २.८३ प्रतिशतमा झार्न सफल भएको छ। गत वर्ष यही अवधिसम्म एनपीएल ४.६० प्रतिशत रहेको थियो।
बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ५.२३ रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष पनि ईपीएस ४.५७ रुपैयाँले ऋणात्मक रहेको थियो। बैंकको प्रतिसेयर नेटवर्थ ५३.२३ रुपैयाँ रहेको छ।
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago
15 hours ago