काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको तेस्रो दिन मंगलबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ।

आज बजार ३. अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक १९२.७४ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ८.९० अंकले बढेर ३७. को विन्दुमा पुगेको छ। सवा एक अर्ब रुपैयाँको हाराहारीमा कारोबार भएको छ।

बजार जानकार मुक्ति अर्यालले केही सकारात्मक खबरले आज बजार बढेको बताउँछन्। ‘हिजो धितोपत्र बोर्डका अध्यक्षले सेबोनले केही माग पूरा गर्ने जानकारी गराएका थिए, त्यसको सकारात्मक प्रभाव सेयर बजारमा परेको छ’, उनले भने। 

आगामी आर्थिक वर्षको मौद्रिक नीति पनि केही खुकुलो आउने खबरले लगानीकर्ताको मनोबल बढेको हुन सक्ने अर्यालको भनाइ छ। ‘सीडी रेसियो पनि ९० प्रतिशतभन्दा तल छ, तरलता पनि केही सहज भएको मान्न सकिन्छ’, उनले भने।

हिजो बजारले १८८१ बलियो सपोर्ट लिएकोले पनि बजार बढेको हुन सक्ने अर्याल बताउँछन्। ‘४–१२ खुकुलो भयो भने बजार माथि नै जान्छ’, उनले भने।
सक्रिय लगानीकर्ता दामोदर गजुरेल केही सकारात्मक खबरले नै बजार उकालो लागेको हुन सक्ने बताउँछन्। ‘आज बटम लागेर बजार फर्किएको छ’, उनले भने, ‘प्राविधिक रुपमा १८८१ को बलिया सपोर्टबाट बजार माथि लागेको छ।’

मार्जिन लेन्डिङ पनि सहज हुँदैछ भन्ने सुनिएकोले बजार सकारात्मक नै हुने गजुरेलको भनाइ छ। ‘आज खरिदकर्ता आएकाले लगानीकर्तामा मनोबल बढेको बुझ्न सकिन्छ’, उनले भने। 

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। यो दिन विकास बैंक समूह सर्वाधिक ३.८९ प्रतिशतले उकालो लागेको छ। वित्त समूह ३.२९ प्रतिशतले बढ्दा बैंकिङ समूहमा १.१९ प्रतिशत, व्यापार समूहमा २.९९ प्रतिशत, होटेल तथा पर्यटन समूहमा २.२२ प्रतिशत, जलविद्युत समूहमा २.७७ प्रतिशत, निर्जीवन बीमा समूहमा १.९५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.८८ प्रतिशत, अन्य समूहमा १.८४ प्रतिशत, लघुवित्त समूहमा २.१७ प्रतिशत, जीवन बीमा समूहमा २.२९ प्रतिशत, म्युचुअल फन्ड समूहमा ३.०९ प्रतिशत र लगानी समूहमा २.३४ प्रतिशतको बढोत्तरी आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २३१ कम्पनीका ३७ लाख १२ हजार ७४६ कित्ता सेयर १ अर्ब २३ करोड ८५ लाख १८ हजार २०१ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन नेपाल टेलिकमको सर्वाधिक ११ करोड ७२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नबिल बैंकको ४ करोड ३२ लाख रुपैयाँबराबरको कारोबार भएको आज अरुण भ्याली हाइड्रोपावरको ३ करोड ४४ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड २५ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ३ करोड १८ लाख रुपैयाँ, एनसीसी बैंकको ३ करोड ८ लाख रुपैयाँ, शिवम सिमेन्टको २ करोड ९० लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २ करोड ९० लाख रुपैयाँ, एसियन लाइफ इन्स्योरेन्सको २ करोड ६६ लाख रुपैयाँ र नेपाल बैंकको २ करोड ५५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज ३ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। आँधिखोला लघुवित्त, सिवाईसी लघुवित्त र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। सामुदायिक लघुवित्त र रिभर फल्स पावरको सेयरभाउ पनि ९ प्रतिशतको हाराहारीमा बढेका छन्।

आज तेह्रथुम पावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ३ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।