काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार पनि सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ।
बजार आज १८.१५ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १९१५.१४ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.९० अंकले घटेर ३६१.०१ को विन्दुमा ओर्लेको छ। कारोबार रकम १ अर्ब ४१ करोड रुपैयाँ बढीको भएको छ।
बजार जानकार दामोदर गजुरेल अहिले बजार घट्नुको मुख्य कारण राजनीतिक अस्थिरता नै रहेको बताउँछन्। ‘बजारले खास गरी अर्थमन्त्री नै कुरेको छ’, उनले भने।
चैत मसान्तका लागि ब्याजको जोहो गर्न केही ठूला लगानीकर्ता सेयर बेच्दा बजारमा बिक्री दबाब आएको गजुरेल बताउँछन्।
प्राविधिक रुपमा बजार १९१० मा सपोर्ट लिन खोजेको देखिएको गजुरेल बताउँछन्। ‘प्राविधिक रुपमा बजार म्याक्डीमा हिस्टोग्रामहरु छोटा–छोटा हुँदै गएका छन् तर पोजिटिभ हुन सकेको छैन’, उनले भने, ‘आरएसआई पनि तल्लो लेभल देखिन्छ। बजारले ट्रिपल बटम बनाउँदै गरेको देखिन्छ।’
अर्का बजार जानकार यज्ञ घिमिरे पनि चैत मसान्तको प्रभावले लगानीकर्ताको मनोबल बढ्न नसकेको बताउँछन्। ‘सरकारले पनि पूर्णता नपाउँदा र नयाँ अर्थमन्त्री नआउँदा लगानीकर्ताको मनोबल कमजोर बनेको देखिन्छ’, उनले भने।
‘फागुन बिहेवारी सिजन थियो, त्यतिबेला गरिएको खर्चको दबाब अहिले परेको देखिन्छ’, उनले भने।
आज नेप्से उपमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ।
यो दिन व्यापार समूह सर्वाधिक ३.०५ प्रतिशतले ओरालो लागेको छ। लघुवित्त समूह १.६७ प्रतिशतले घट्दा जलविद्युत समूहमा १.३७ प्रतिशत, बैंकिङ समूहमा ०.६७ प्रतिशत, विकास बैंक समूहमा ०.३४ प्रतिशत, वित्त समूहमा १.२९ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.३७ प्रतिशत, लगानी समूहमा १.२३ प्रतिशत, जीवन बीमा समूहमा ०.९६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.२२ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.०५ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.४३ प्रतिशत र अन्य समूहमा १.०५ प्रतिशतले ओरालो लागेको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २५९ कम्पनीका ४३ लाख ४० हजार २७० कित्ता सेयर १ अर्ब ४१ करोड ३१ लाख ७२ हजार ८०२.५ रुपैयाँमा कारोबार भएको छ।
यो दिन एनआईसी एसिया बैंकको सर्वाधिक २१ करोड ७४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सिद्धार्थ बैंकको ८ करोड ३५ लाख रुपैयाँबराबरको कारोबार भएको आज हिमालयन डिस्टिलरीको ४ करोड ४५ लाख रुपैयाँ, नबिल बैंकको ३ करोड ८४ लाख रुपैयाँ, शिवम सिमेन्टको ३ करोड ७१ लाख रुपैयाँ, ज्योति विकास बैंकको संस्थापक सेयरको ३ करोड ३० लाख रुपैयाँ, नेष्डो समृद्ध लघुवित्तको २ करोड ४७ लाख रुपैयाँ, अरुण काबेली पावरको २ करोड ३२ लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकको २ करोड २२ लाख रुपैयाँ र एनएमबि बैंकको २ करोड ६ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज माया खोला हाइड्रोपावर र एसियन हाइड्रोपावरका सेयरधनीहरु मालामाल भए। माया खोला हाइड्रोपावरको सेयरभाउमा १० प्रतिशत तथा एसियन हाइड्रोपावरको सेयरभाउमा १० प्रतिशतको हाराहारीको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ।
यो दिन युनिक नेपाल लघुवित्तको सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ ७ प्रतिशत बढीले ओरालो लागेको छ।
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago