काठमाण्डौ । ब्रिटिश एजुकेसन ग्रुपको द ब्रिटिश प्रोफेसनल कलेजले एसीसीए एसोसयिसन अफ चार्टर्ड सर्टिफाइड अकाउन्टेन्टमा अध्ययनरत १९ वर्षीया रिया मानन्धरले ९८ प्रतिशत ल्याई वर्ल्ड टपर बन्न सफल भएकी छन्। उनले ट्याकसेसन पेपरमा वर्ल्ड टप गरेकी हुन्।

एसीसीए कार्यक्रम विश्वकै सबैभन्दा ठूलो र सबैभन्दा छिटो बढिरहेको अन्तर्राष्ट्रिय लेखा निकाय हो। विश्वका १७९ देशमा यो वर्षअन्तर्गत ५ लाख २७ हजार विद्यार्थी र २ लाख १९ हजार पूर्ण योग्य सदस्यहरु रहेका छन्। 

विश्व भरका लाखौँ विद्यार्थीलाई पछि पार्दै रियाले ट्याक्सेसन पेपरमा सबैभन्दा बढी अंक ल्याउन सफल भएकी हुन्। 

एसीसीए प्रोग्राम म्यानेजर दिपेन्द्र के श्रेष्ठले रियाको तारिफ गर्दै भने, ‘हामी सबैलाई रियामा धेरै गर्व छ। कलेज र अन्य विद्यार्थीका लागि यो गर्वको कुरा हो। हामी नियमित रुपमा नेपालमा टपर्स उत्पादन गर्दै आइरहेका छौँ। त्यस्तै रिया हाम्रो कलेजको दोस्रो  विश्व टपर हुन्। अन्य विद्यार्थीले पनि उनको पाइला पछ्याउने हामी अपेक्षा गर्दछौँ।’ 

रियाले दीपेन्द्र र बीपीसीका शिक्षकहरुलाई धन्यवाद दिँदै भनिन्, ‘बीपीसीसँगको मेरो अनुभव साँच्चै राम्रो रह्यो। वास्तवमा मैले मूल रुपमा ट्याक्सेसन पेपर लिने योजना बनाएको थिइनँ। मलाई यस विषयप्रति  पूर्ण आत्मवश्विास पनि थिएन। यद्यपि, संकायले मलाई साइन अप गर्न प्रोत्साहन गर्यो। उनीहरुकै साथ र सहयोगले मैले वर्ल्ड टपर हुने अवसर पाएँ।’ 

नेपाली चार्टर्ड अकाउन्टेन्ट परीक्षाको सट्टामा एसीसीए नै पढ्ने निर्णय किन गरिन् भनी सोध्दा रियाले जबाफ दिँदै भनिन्, ‘एसीसीएले नेपालका विद्यार्थीलाई राष्ट्रिय रुपमा मात्रै नभई अन्तर्राष्ट्रियस्तरमा पनि उत्तीर्ण करिअर बनाउन सहयोग गर्छ। सोही कारण पनि मैले एनसएको सट्टा एसीसीए रोजेकी हुँ। अन्तर्राष्ट्रिय रुपमा प्रतिस्पर्धा गर्नसमेत यो विषयले मलाई सक्षम बनाउँछ।’

हाल ब्रिटिश प्रोफेसनल कलेजमा एसीसीएमा भर्ना खुलिरहेको छ। ब्रिटिश प्रोफेसनल कलेज ब्रिटश कलेजको सिस्टर संस्था हो। काठमाण्डौस्थित द ब्रिटिश कलेजले शैक्षिक सञ्जाल यूएईको दुबई र यूकेमा समेत गर्दै आएको छ।