काठमाण्डौ । द ब्रिटिस कलेजको भगिनी स्कुल द ब्रिटिस मोडल कलेजका ४ जना ए लेभलमा अध्ययनरत विद्यार्थी उत्कृष्ट क्याम्ब्रिज लर्नर्स अवार्डबाट सम्मानित भएका छन्।

मार्च २०२१ सीएआईई परीक्षाको सेरिजमा ४ जना विद्यार्थीले टप गर्न सफल भएका हुन्। क्याम्ब्रिज अवार्डबाट सम्मानित हुनेमा राज थापा (एएस लेभल केमिस्ट्री), सुदीप अग्रहरी (एएस लेभल इकोनोमिक्स), अस्मिता लामा (एएस लेभल बिजनेश) र दिप्ती भट्टराई (एएस लेभल एकाउन्टिङ) रहेका छन्। 

ए लेभल्सका प्रमुख राजनकुमार राईले भने, ‘विद्यार्थीले प्राप्त गरेको यो अविश्वसनीय सफलताप्रति ब्रिटिस मोडेल कलेजलाई धेरै गर्व छ। यो पुरस्कार प्राप्त गर्न धेरै मेहनत र इमानदार प्रयास चाहिन्छ र हामी यस्ता प्रतिभाशाली विद्यार्थी पाउँदा भाग्यशाली महसुस गर्छौं।’ 

चाकुपाटस्थित रहेको नयाँ क्याम्पसमा भवनमा विद्यार्थीले अत्याधुनिक प्रविधिमार्फत गुणस्तीय शिक्षा ग्रहण गर्दै आइरहेका छन्। हालै कलेजले प्राप्त गरेको नतिजाले पनि यो कुराको पुष्टि गरेको राई बताउँछन्। कलेजमा शिक्षा ग्रहण गर्ने मैत्रीपुर्ण वातावरण, अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त संकायहरु र विश्वस्तरीय अध्यापन मोडल रहेको उनले बताए। 

बीएमसीका अध्ययनरत विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न प्रतिबद्ध रहेको राईले बताए। 

कलेज उत्कृष्ट क्याम्ब्रिज लर्नर अवार्ड २०१८ बाट सम्मानित भएको थियो। आउने वर्षमा पनि कलेजले यस्तै सफलताको आशा गरेको राईले बताए।