काठमाण्डौ । प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त शैक्षिक संस्था द ब्रिटिस कलेज (टीबीसी) मा सेप्टेम्बरदेखि विकेन्ड ईएमबिए प्रोग्राम सुरु हुने भएको छ।
बेलायतको लिड्स बेक्केट विश्वविद्यालयसँग पार्टनरसिपमा सञ्चालित ब्रिटिस कलेज, ब्रिटिस विकेन्ड ईएमबिए कार्यक्रम सञ्चालन गर्ने नेपालको एकमात्र संस्था हो। आफ्नो काम र व्यक्तिगत जीवनलाई सन्तुलित राख्दै यो डिग्री हासिल गर्न चाहने व्यावसायिकहरुका लागि यो परिवर्तनकारी नेतृत्व पाठ्यक्रम बनाइएको हो। अब झन् यो सहज र सन्तुलित बनाइएको छ।
यो प्रोग्रामको करिकुलम निकै लचिलो रहेको कलेजले जनाएको छ। यो प्रोग्राम विद्यार्थीहरुलाई शुक्रबार साँझ, शनिबार बिहान र दिउँसो र प्रत्येक दोस्रो आइतार कक्षाहरु सञ्चालन हुनेछन्। विद्यार्थीले काम गर्दै सहज र सरल रुपमा अध्ययन गर्ने वातावरण द ब्रिटिस कलेजले उपलब्ध गराउन लागेको हो।
इएमबिए अध्ययन गर्न आवेदन दिन चाहने विद्यार्थीले करिब दुई वर्षको व्यवस्थापकिय अनुभव हुनुपर्नेछ। वरिष्ठ व्यवस्थापन र नेतृत्वदायी भुमिकामा खेल्ने व्यवसायिकहरुलाई यस विषयले लक्षित गर्छ। ब्रिटिस कलेजले आफ्नो नेटवर्कमार्फत विद्यार्थीहरुलाई अवसरहरु (जस्तैः प्रमुख उद्योग सल्लाहकार बोर्डसँग भेट्ने, कन्सलटेन्सी प्रोजेक्टमा) प्रदान गर्नेछ।
ब्रिटिस कलेजमा विकेन्ड ईएमबिए प्रोग्रामका लागि भर्ना सुरु भइसकेको छ। यसका साथै, पहिलो इन्टेकमा अध्ययन गर्ने विद्यार्थीहरुले दुवई वा सिंगापुरमा अन्तर्राष्ट्रिय एक्सपोजर पाउनेछन्।
प्रोगामबारे चर्चा गर्दै विजनेश स्कुलकी प्रमुख सुनिता बस्नेत भन्छिन्, ‘पछिल्ले समय प्रतिस्पर्धा बढ्लो छ। विश्वले निरन्तर व्यवसायको स्केलेविलिटीको बारेमा मात्र नभई समाजमा योगदान पुर्याउन सक्ने नेतृत्वको माग गर्दै आइरहेको छ। यसले यो पाठ्यक्रमले नयाँ पुस्ताका लागि बाटो खुलाउनेछ। व्यावसायिक रुपमा काम गर्न यो प्रोग्रामले महत्वपूर्ण भूमिका खेल्नेछ। हामीले सोही कारण यो प्रोग्राम ल्याएका हौँ, जसले व्यवस्थापकीय नेतृत्वमा र परिवर्तनको भूमिका खेल्न व्यावसायिकहरुको आवश्यकता पूरा गर्दछ।’
10 minutes ago
38 minutes ago
46 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago