काठमाण्डौ । द ब्रिटिस कलेजले पहिलो वार्षिक ‘टिबिसी मार्केटप्लेस’ इभेन्ट आयोजना गरेको छ। 

लेभल ३ बिबिए करिकुलमको एक भागको रुपमा डिजाइन गरिएको उक्त कार्यक्रममा पहिलो वर्षका विद्यार्थीहरुद्वारा १८ वटा स्टलको व्यवस्था गरिएको थियो। सबै स्टलमार्फत स्थानीय व्यवसायीहरुका विभिन्न उत्पदानहरु बिक्री गरिएको थियो। 

थापाथलीस्थित ट्रेड टावरको भुई फ्लोरमा उक्त कार्यक्रम आयोजना गरिएको थियो। 

कार्यक्रममा विद्यार्थीहरुलाई व्यवसायिक दृष्टिकोण, स्पोनसर्सिप प्राप्त गर्ने, ब्राण्ड डिजाइनिङ, उत्पादनको बिक्रीवितरणजस्ता कार्यहरु दिइएको थियो। उक्त प्राक्टिकल एसाइनमेन्टबाट कुल ग्रेडको ४० प्रतिशत योगदान हुनेछ  र बाँकी प्रक्रिया अन्तर्गत परोपकारमा दान गरिनेछ।

बीबीए कार्यक्रमका प्रमुख सौरभ सत्यालले मार्केटप्लेसबारे जानकारी दिँदै भने, ‘टीबीसीमा विद्यार्थीहरुलाई व्यवहारिक सिकाई र शिक्षामार्फत आफुलाई प्रस्तुत गराउन हामीले प्रोत्साहित गछौँ। यो कार्यक्रम नै एउटा राम्रो उदाहरण हो। यो विद्यार्थीहरुका लागि एक अवसर हो जहाँ उनीहरुले आफ्नो अध्ययनलाई व्यवहारिक बनाउन सक्छन्।’

कार्यक्रममा रहेका स्टलहरु बिहान ८ः३० बजेदेखि बेलुका ४ बजेसम्म खुल्ला रहेका थिए। जसमा तातो खानादेखि डेजर्ट, गहना, कला, कस्मेटिक र मोबाइलका सामाग्रीहरुसम्म थिए। उक्त कार्यक्रममा आउने सबैलाई कलेजको दुवैद्वारबाट स्वागत गरिएको थियो। 

उक्त इभेन्टमा १५०० जनाभन्दा बढीको सहभागिता थियो। 

कलेजका मार्केटिङ प्रमुख अमरदी मण्डलले भने, ‘अध्ययनको पहिलो वर्षमा नै विद्यार्थीहरुले यतिधेरै एक्सपोजर पाउँदा मलाई निकै खुसी लागेको छ। टीबीसीले आयोजना गरेको मार्केटप्लेसले एउटा ठुलो सफलता प्राप्त गरेको मेरो ठम्याइ छ। भविष्यमा पनि कलेजले यस्तै व्यवहारिक कार्यक्रमलाई निरन्तरता दिनेछ।’