काठमाण्डौ । द ब्रिटिस कलेजले तेस्रो द ब्रिटिस कप २०२२ इन्टर कलेज फुटसल टोर्नामेन्ट आउने अगस्ट ४ देखि ५ सम्म बालुवाटारस्थिति ढुकु फुटसलमा गर्ने भएको छ। 

पहिलो र दोस्रो द ब्रिटिस कप क्रमशः सन् २०१८ र २०१९ मा भएको थियो। तर, त्यसपछि लगातार दुई वर्ष कोरोना महामारीका कारण उक्त प्रतियोगिता हुन सकेको थिएन। तर, यो प्रतियोगितालाई थप रोमाञ्चक बनाउने रणनीतिका साथ पुनः तयारी गरिएको कलेजले जनाएको छ। उक्त प्रतियोगितामा १३ कलेजहरुबीच प्रतिस्पर्धा हुनेछ। 

ब्रिटिस कलेजसहित लिटल एन्जल्स, सफ्टोरिका, प्राइम, एपेक्स, आइआइएमएस, सिल्भर माउन्टेन, पीसीपीएस कलेज, एस इन्टरनेसनल, थेम्स कलेज, क्याम्पियन कलेज, कुसोम, द ब्रिटिस प्रोफेसनल कलेजले प्रतियोगितामा भाग लिदैँछन्। 

विजयी टिमले रु. १ लाख नगद पुरस्कार पाउने आयोजकले जनाएको छ। पहिलो रनर अपले रु. ५० हजार नगद, उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकले नगद रु. १० हजार पाउनेछन्। 

उक्त प्रतियोगिताको मुख्य प्रायोजक ब्रिटिस अमेरिकन एडुकेयर रहेको छ। त्यस्तै अन्यमा एयरलाइन्स पार्टनरमा टर्किस एयरलाइन्स, ट्राभल पार्टनर स्वा ट्राभल्स, होलिडे ट्राभल्स, सिनेमा पार्टनर, क्यूएफएक्स हस्पिटालिटी पार्टनर, मोजो बुटिक होटल र मेडिकल पार्टनर भयोदा हस्पिटल प्रायोजक रहेका छन्। 

द ब्रिटिस कलेजका मार्केटिङ प्रमुख अमरदिप मण्डलले भने, ‘कोरोना महामारीको कारण केही वर्ष यो कार्यक्रम हुन पाएको थिएन। नयाँ उत्साहका साथ पुनः यो कार्यक्रम गर्न पाउँदा खुसी छौँ। पहिलेभन्दा पनि धेरै टोलीहरूलाई सहभागी गराई यस इभेन्टलाई अझै उत्कृष्ट बनाउन प्रतिबद्ध छौँ। सहभागी हुने सम्पूर्ण प्रायोजक तथा कलेज, विद्यार्थी स्वयंसेवक र आयोजक समिति– सुदीप भट्टराई र सार्थक विष्टलाई धन्यवाद दिन चाहन्छु। प्रतियोगितामा सहभागी सम्पूर्ण टोलीलाई शुभकामना छ।’