-धनकुमार राई

गत ३ सातादेखि नै प्राविधिक गणितले प्राप्त बुलिस गार्टलेको अभ्यासअनुसार दोश्रो लक्ष्य उन्मुख कारोबार यो साता पनि निरन्तर रहने देखिन्छ । 

Bullish Gartley (Butterfly Pattern) बिस्तारमा :
1.AB (1288 देखि 1212) ले XA (1162 देखि 1288) को ७८.६ प्रतिशत सम्म फर्किन सक्ने अभ्यासअनुसार नेप्से सुचकांक पनि ६१.८ प्रतिशत १२१२ सम्म फर्किएको । 
2.BC (1212 देखि 1250) ले AB (1288 देखि 1212) को 38.2% देखि  88.6%  प्रतिशत सम्म फर्कन सक्ने अभ्यास अनुसार नेप्से ६१.८ प्रतिशत १२५० सम्म फर्किएको देखिन्छ ।  
3.CD (1250 देखि  1109), AB(1288 देखि 1212)  को 161.8% देखि 261.8% एक्सटेन्ड हुने अभ्यासअनुसार नेप्सेमा 161.8%  एक्सटेन्ड भइसकेपछि बिन्दु D(1109) बिन्दु  प्राप्त भएको र सो बिन्दलाई PRZ अथवा  Potential Reversal Zone पनि भनेर चिनिन्छ  । 
4.यसरी सो बिन्दु D(1109) प्राप्त भइसकेपछि अभ्यासअनुसार बुलिस गार्टले प्याटर्न पुरा भई अभ्यासअनुसारको कारोबार बढ्नै पर्ने संकेत अनुसार पहिलो लक्ष्य ६१.८ प्रतिशत र दोश्रो लक्ष्य १६१.८ प्रतिशत रहने भए अनुसार ११९७ र १३३६ लाई चित्र र गणित अनुसारनै लक्ष्य मानिएको । 
5.अहिले पहिलो लक्ष्य ११९७ पुरा गरेर दोश्रो लक्ष्य १३३६ उन्मुख रहेको चित्रमा देखाउन खोजिएको छ ।

यसरी माथिको चार्टमा देखाए अनुसार नै कारोबार निरन्तर रहेको देख्न सकिन्छ । हामीले तीन साता पूर्व देखि प्राविधिक अभ्यास अनुसार प्राप्त बुलिस गार्टलेको सम्भावित रिभर्सल क्षेत्र D(1109)  मार्फत खरिददारी गर्न सुझाइरहेको र सो अनुसारनै पहिलो लक्ष्यलाई म्यान्डेट प्राप्त भएकोले अब दोश्रो लक्ष्य १६१ प्रतिशतको हुन आउने लक्ष्य सुचकांक बिन्दू १३३६ उन्मुख रहेको देख्न सकिन्छ ।  (Refer : Previous Week Report)

प्राविधिक र मनोवैज्ञानिक अवरोध १२०० लाई साताको ३०० करोड भन्दा माथिको कारोबार रकमसहितको कारोबारले लगानीकर्ताहरुको आक्रमक उपस्थिति बुझ्न सकिन्छ भने ११०० को अंकलाई मन नपराएको भन्दा गल्ति नहुने हुन्छ नै ।

आशा गरौं १२०० भन्दा माथि रहेर बजार को आउने दिन फलदायि नै रहनेछ । बजारको लय तय गर्ने आधारभूत तथ्यांक, कम्पनिहरुको प्रदर्शन, नियामक नीति र आर्थिक– राजनैतिक स्थिरता जस्ता विषयलाई नै मान्दा पनि बजारमा जोखिम न्यूनिकरण प्राविधिक गणितबाट प्राप्त सिमाहरुले नै प्रष्ट्याउने हुनाले यसको उपयोगलाई आत्मसाथ गर्न र सहि प्रयोगबाट लगानीको क्षय कम गर्न सकिने निश्चित नै हुन्छ ।

साप्ताहिक पिभोट र स्वाप सिमाना :
(१२०० बिन्दु भन्दा माथि र १२५० को अवरोधलाई जित्ने लक्ष्य रहने ।)

आधारभूत पक्ष बलियो बन्दै गएको मानेर लगानीकर्ताहरुमा पलाएको विश्वास र लगानीको भोकले पनि प्राविधिक संकेतहरुको सकारात्मक संकेतलाई म्यान्डेट दिएको देख्न सकिन्छ । सो अनुसार प्याटर्नले देखाएको लक्ष्य पुरा गर्ने क्रममा आउने साताको साप्ताहिक प्राविधिक पिभोट र डिमार्कसको गणित अनुसार आउने साता बजार धेरै तल आएमा ११८६ देखि १२०० सम्म र धेरै न्यून स्तरको बढतमा पनि १२५१ देखि १२७५ बिन्दु भित्र सक्रिय कारोबार रहने अनुमान गर्न सकिन्छ ।

 

प्राविधिक तथ्यांक र संकेतहरुको सारलाई पनि हेरौं :

यो पनि पढ्नुहोस्:

प्राविधिक प्रक्षेपण: नेप्से चार हप्ताभित्र ६१.८% र बाह्र हप्ताभित्र १६१.८% ले बढ्नसक्ने !