काठमण्डौ । ‘गुणस्तरी उत्पादन, सुपथ मूल्य’ नाराका साथ कैलालीको धनगढीमा तेस्रो हार्डवेयर एक्सपो–२०८० हुने भएको छ।
अम्बे स्टिल्सको सहकार्यमा कैलाली हार्डवेयर व्यवसायी संघको आयोजनामा यही असोज १० गतेबाट धनगढीको चटकपुरस्थित सौंराई स्क्वायरमा प्रदर्शन हुने भएको हो। प्रदर्शनीस्थल सहिद गेटनजिक रहेको छ।
प्रदर्शनमा घर निर्माणका लागि आवश्यक विभिन्न कम्पनीका हार्डवेयर सामग्रीका स्टल रहनेछन्। असोज १४ चल्ने प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।
प्रदर्शनी मध्याह्न १२ बजेदेखि राति ८ बजेसम्म चल्ने आयोजकले जनाएको छ। प्रदर्शनीमा अवलोकनकर्ताको सहभागिता उत्साहजनक रहने आयोजकको अपेक्षा रहेको छ।
5 minutes ago
24 minutes ago
52 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago