काठमाण्डौ । सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले चैत्र २५ गते शुक्रबारदेखि धनगढीमा तीन दिने ‘फारवेष्ट ट्राभल मार्ट २०२२’ सुरु भएको छ।

नेपाल पर्यटन बोर्डको प्रवर्द्धन तथा धनगढी उपमहानगरपालिका र नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाटा) सुदूरपश्चिम प्रदेशको आयोजनामा मार्ट सुरु भएको हो। मार्टको उद्घाटन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिम प्रदेश पर्यटनका दृष्टिले अथाह सम्भावना भएको क्षेत्र भएको बताउँदै यस क्षेत्रको समग्र विकासको लागि सरकार भएको बताए। उनले कोभिडपछि पर्यटन क्षेत्र विस्तारै लयमा फर्किन लागेको उल्लेख गर्दै यो मार्टले आन्तरिक तथा क्रसबर्डर पर्यटन प्रवर्द्धन हुने बताए। 

धनगढी उपमहानगरपालिकाका मेयर नृप वडले सुदुरपश्चिम प्रदेशमा पर्यटकहरुको रोजाइमा पर्न सक्ने थुप्रै रमणिय, घुम्नलायक ठाउँहरु भए पनि प्रचारप्रसार अभावमा ती ठाउँ ओझेलमा अवश्थामा आयोजना गरिएको मार्टले पर्यटन व्यवसायीहरुको ध्यान तान्ने र यहाँका पर्यटकिय स्थलमा बाह्य पर्यटकको आकर्षण बढ्ने अपेक्षा गरिएको बबताए। 

नेपालका विभिन्न प्रदेशका पर्यटन व्यवसायीहरूको व्यवसायिक गतिविधिहरुको विकास, विस्तार र अन्तर्राष्ट्रिय स्रोत–बजारका टुर अपरेटरहरूसँग व्यवसायिक सम्बन्ध स्थापित गर्न प्रत्येक प्रदेशमा ‘प्रादेशिक ट्राभल मार्ट‘ को आयोजना गर्ने नेपाल पर्यटन बोर्डको कार्यक्रम अनुरुप मार्ट आयोजना भएकोले यसले सुदूरपश्चिम क्षेत्रको पर्यटन प्रवद्र्धन हुने अपेक्षा गरिएको बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले जानकारी दिए। 

यसमार्टले सुदूरपश्चिम प्रदेशका पर्यटकीय प्याकेज, गन्तव्य तथा गतिविधिहरुको प्रचार प्रचार तथा प्रवद्र्धन हुन गई भारतीय पर्यटकहरुको आगमन संख्या बढ्न जाने र आन्तरिक पर्यटन गतिविधिहरु समेत बढ्न जाने अपेक्षा गरिएकोे नाट्टाका निवर्तमान अध्यक्ष अच्युत गुरागाईले जानकारी दिए। नाटाका अध्यक्ष रमेह थापाले कोभिडले थलिएको पर्यटनलाई लयमा फर्काउन यस्ता मार्टहरु सहयोगी हुने बताए।