काठमाण्डौ । सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले चैत २५ गते शुक्रबारदेखि सुरु भएको तीनदिने ‘फारवेस्ट ट्राभल मार्ट २०२२’ धनगढीमा सम्पन्न भएको छ।
नेपाल पर्यटन बोर्डको प्रवर्द्धन तथा धनगढी उपमहानगरपालिका र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाटा) सुदूरपश्चिम प्रदेशको आयोजनामा मार्ट सम्पन्न भएको हो। नेपालका विभिन्न प्रदेशका पर्यटन व्यवसायीहरुको व्यावसायिक गतिविधिहरुको विकास, विस्तार र अन्तर्राष्ट्रिय स्रोत–बजारका टुर अपरेटरहरुसँग व्यँवसायिक सम्बन्ध स्थापित गर्न प्रत्येक प्रदेशमा ‘प्रादेशिक ट्राभल मार्ट‘ को आयोजना गर्ने नेपाल पर्यटन बोर्डको कार्यक्रमअनुरुप मार्ट आयोजना गरिएको हो।
मार्टमा सीमावर्ती भारतीय सहरहरु नैनीताल, देहरादुन लखिमपुर, बरेली, रुद्रपुर र भारतको राजधानी दिल्लीबाट करिब ६० जना टुर अपरेटरहरुलाई क्रेताका रुपमा सहभागी गराई प्रदेशका टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवा प्रदायकहरुबीच यस क्षेत्रका टुर प्याकेजहरु बिक्री प्रवर्द्धन गर्ने विषयमा व्यावसायिक अन्तर्क्रिया बी टु बी सम्पन्न भएको थियो।
यस्तै मार्टमा सातै प्रदेशका पर्यटकीय आकर्षणहरु झल्किने पेभिलियन, नौवटा जिल्लाका स्टलका साथै टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवा प्रदायक संस्थाहरुका आकर्षक स्टलहरु रहेका थिए।
कार्यक्रममा आन्तरिक पर्यटन प्रवर्द्धनका लागि सातै प्रदेशका पर्यटन व्यवसायी प्रतिनिधिहरुबीच टुर प्याकेजहरुको आदानप्रदान भएको छ। मार्टकै अवसरमा टुर अपरेटरहरुलाई यस क्षेत्रका कर्णाली, शुक्लापाँटा राष्ट्रिय निकुञ्जलगायतका क्षेत्रहरुको अवलोकन भ्रमण गराइएको थियो।
27 minutes ago
39 minutes ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
15 hours ago
15 hours ago