काठमाण्डौ । सत्ता गठबन्धनलाई हराउँदै कैलालीको धनगढी उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन्। 

हमालले सत्ता गठबन्धनबाट मेयर उम्मेदवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा निवर्तमान मेयर नृपबहादुर वडलाई हराएका हुन्।

आँप चुनाव चिह्न पाएका हमालले २६ हजार ८६५ मत ल्याएका छन्। पराजित वडले जम्मा १४ हजार ८१७ मत ल्याएका थिए। 

स्थानीय चुनाव २०७४ मा भने हमाल वडसँग पराजित भएका थिए। 

धनगढीको उपमेयरमा एमाले उम्मदेवार कन्दकलाकुमारी राना विजयी भएकी छन्। उनले १५ हजार ४७९ मत ल्याएकी छन्। सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार शान्तिकुमारी अधिकारी क्षेत्रीले १२ हजार ६७० मत ल्याएकी छन्।