काठमाण्डौ । तिहारको धनतेरसमा एनआइबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआइबिएल सहभागिता फन्डका इकाइहरु अनलाइमार्फत किन्न सकिने भएको छ। 

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड कोष प्रबद्र्धक र एनआइबिएल एस क्याप्टिल लिमिटेड योजना व्यवस्थापक रहेको यो खुलामुखी योजानाका इकाइहरुमा धनतेरसका अवसरमा अनलाइनबाट लगानी गर्ने व्यवस्था गरिएको हो। हालै अनलाइन प्रणालीबाट इकाइ खरिद गर्न मिल्ने व्यवस्था मिलाएको यस फण्डले यस  वर्षको धनतेरसको पावन अवसरमा इच्छुक लगानीकर्ताहरुलाई यस योजनामा लगानी गरी पुँजीबजारमा लगानीको शुभारम्भ गर्न सक्ने व्यवस्था मिलाइएको क्यापिटलले जनाएको छ। 

क्यापिटलले भोलि शुक्रबार धनतेरसका दिन बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म इकाइहरु अनलाइनमार्फत खरिद गर्न मिल्ने व्यवस्था मिलाइएको जानकारी गराएको छ।