काठमाण्डौ । एमालेको लालकिल्ला मानिने सुनसरीको धरान उपमहानगरमा सत्ता गठबन्धनका उम्मेद्वारले सुरुवाती अग्रता लिएका छन् । 

हालसम्म त्यहाँ ३०० मत गणना भएको स्थानीय पत्रकार सन्तोष काफ्लेले जनाएका छन् । उनका अनुसार ३०० मत गन्दा गठबन्धनतर्फबाट मेयर उम्मेद्वार नेपाली कांग्रेसका किशोर राईले १११ मतसहितको अग्रता बनाएका छन् । 

त्यस्तै स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले ७९ मतसहित राईलाई पछ्याइरहेका छन् । 

एमाले उम्मेदवार मन्जु भण्डारी ५३ मतसहित तेश्रो स्थानमा छिन् ।
यस्तै, उपमेयरमा गठबन्धनको तर्फबाट माओवादीका उम्मेद्वारले १२५ र एमालेका उम्मेद्वारले ७६ मत पाएका छन् । 

०७४ सालको निर्वाचनमा धरानमा एमालेले मेयर र उपमेयरमै जित हासिल गरेको थियो । केही वर्षपछि मेयरको निधनपछि भएको उपनिर्वाचनमा भने कांगे्रसले जित हात पारेको थियो ।