धरान । एमालेको लालकिल्ला भनिने सुनसरीको धरान उपमहानगरपालिकाको ताजा मतपरिणामअनुसार गठबन्धनको समर्थनमा कांग्रेसबाट मेयरका उम्मेद्वार किशोर राईले एमाले उम्मेद्वारभन्दा झण्डै दोब्बर मतले अग्रता बनाएका छन् । 

धरान उपमहानगरपालिकामा १२०० मत गनिसक्दा कांग्रेसका उम्मेद्वार राईले ४५१ मतसहित अग्रता लिएका हुन् । 

उनलाई स्वतन्त्रबाट मेयर पदका उम्मेद्वार हर्क साम्पाङले  ३२६ मतसहित पछ्याइरहेका छन् । 

एमालेबाट मेयरका उम्मेद्वार मञ्जु भण्डारीले भने २४२ मत मात्रै प्राप्त गरेकी छिन् । 

उपमेयरमा माओवादी केन्द्रका अइन्द्रविक्रम बेघाले ५०२ मत तथा एमालेका पदम लिम्बूले २६८ मत प्राप्त गरेका छन् । 
मतगणना जारी छ ।