काठमाण्डौ । अपी पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्डले आज फागुन २६ गते अपी पावरलाई १०ः३.९३६२९२६ अनुपातमा हकप्रद निष्कासनको अनुमति दिएको हो। अपी पावरले गत असोज २५ गते हकप्रद निष्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको थियो। 

धितोपत्र बोर्डको अनुमतिसँगै अब अपी पावरले आफ्ना सेयरधनीहरुलाई १ अर्ब ८ करोड ६० लाख रुपैयाँबराबरको हकप्रद जारी गर्नेछ। जसअनुसार कम्पनीले १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद निष्कासन गर्नेछ। 

कम्पनीको यो हकप्रद बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। 

यसअघि गत जेठमा पनि अपी पावरले २९.३८ प्रतिशत हकप्रद बिक्री गरेको थियो।