काठमाण्डौ । दुईवटा म्युचुअल फन्डले थप इकाइको स्वीकृति पाएका छन्।
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले एनआईबिएल सहभागिता फन्ड र सिद्धार्थ सिस्टमेटिक इन्भेस्टमेन्ट स्किमलाई थप इकाइ बिक्रीको स्वीकृति प्रदान गरेको छ।
‘एनआईबिएल सहभागिता फन्ड’ एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित खुलामुखी योजना हो। यो योजनाको कोष प्रवर्द्धक नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र योजना व्यवस्थापकमा एनआईएमबि एस क्यापिटल रहेको छ।
यो योजनाले धितोपत्र बोर्डबाट थप १ अर्बको इकाइहरु बिक्रीको अनुमति पाएको छ। यो हिसाबले अब यस योजनाले १० रुपैयाँ अंकित दरका थप १० करोड इकाइ बिक्री गर्नेछ।
यसैगरी सिद्धार्थ सिस्टमेटिक इन्भेस्टमेन्ट स्किम धितोपत्र बोर्डबाट थप ५० करोड रुपैयाँबराबरको इकाइ बिक्री गर्ने अनुमति पाएको छ। अब यो योजनाले १० रुपैयाँ अंकित दरका थप ५ करोड इकाइ बिक्री गर्नेछ।
सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालित सिद्धार्थ सिस्टमेटिक इन्भेस्टमेन्ट स्किमको योजना व्यवस्थापकमा सिद्धार्थ क्यापिटल र कोष प्रवर्द्धकमा सिद्धार्थ बैंक रहेका छन्।
5 hours ago
6 hours ago
6 hours ago
6 hours ago
7 hours ago
7 hours ago
8 hours ago
8 hours ago
8 hours ago
9 hours ago