काठमाण्डौ । नेपाल धितोपत्र  बोर्डले विभिन्न पदमा कर्मचारी माग्दै दरखास्त आह्वान गरेको छ । 

बोर्डले  ११ पदमा १५ कर्मचारी माग्दै दरखास्त आह्वान गरेको हो । 

बोर्डले अधिकृत तहको निर्देशकदेखि सहायक तहसम्मका पदमा कर्मचारी मागेको हो । 

प्रशासन सेवाको निर्देशमा ४ जना, प्रशासनकै सहायक निर्देशकमा ३ जना, कानून सेवाको सहायक र्निेशकमा १ र अन्यमा १ जना कर्मचारी मागेको हो ।

प्रशासन समूहकै लागि वरिष्ठ सहायक पदमा २ जना र सहायक पदमा ४ जना कर्मचारी मागिएको छ । 

खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको माध्यमबाट छनौट हुने यी पदहरुमा रहेर जागिर खान चाहनेले छिटोमा चैत ६ गतेभित्र र दोब्बर दस्तूर तिरी चैत १३ गतेभित्र आवेदन बुझाउन सकिने बोर्डको सूचनामा उल्लेख छ । 

अधिकृत द्वितीय  श्रेणी प्रशासन सेवा निर्देशक पदका लागि  मान्यताप्राप्त शिक्षण संस्थाबाट  वित, अर्थशास्त्र, व्यवस्थापन विषयमा  स्नातकोत्तर  उपाधि  प्राप्त  गरेको  वा वाणिज्य  कानुुन मूूल विषय  लिई कानुुनमा स्नातकोत्तर  उपाधि  प्राप्त  गरेको  वा चार्टर्ड  एकाउन्टेसी  वा  चार्टर्ड  फाइनान्सियल  एनालिष्ट  उपाधि हासिल गर्नुुका साथै  कुुनै सरकारी सेवा  वा  प्रचलित कानुुन बमोजिम स्थापित भएको  संगठित  संस्था वा अन्तराष्ट्रिय  सघं  संस्था  वा पुँुजी बजार  बैंक तथा वित्तीय संस्था, बीमा  वा कानुुन सम्बन्धी काम गर्ने संस्थामा अधिकृतस्तर वा  सो  सरहको  पदमा कम्तीमा पाँच वर्षको कार्य अनुुभव आवश्यक पर्नेछ । 

बाँकी पदहरुका लागि आवश्यक योग्यता र अन्य जानकारी बोर्डले गरेको विज्ञापनबाट हेर्न सकिनेछ: