काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको बुधबार प्रिओपनिङ सेसनमा पहिलो कारोबार भएको छ। योसँगै बुधबारबाटै धितोपत्र दोस्रो बजारमा यो कम्पनीको सेयर नियमित कारोबार सुरु भएको छ। 

आज स्पेसल प्रिओपनिङ सेसन (बिहान १०ः३० देखि १०ः४५ बजे) यो कम्पनीको सेयर प्रतिकित्ता ३०५ रुपैयाँमा पहिलो कारोबार भएको छ। नेप्सेले तोकेको मूल्य सीमा प्रतिकित्ता १०१.७ रुपैयाँदेखि ३०५.२८ रुपैयाँभित्रै कारोबार भएसँगै आजबाट नियमित कारोबार खुलेको हो। 

नेपाल स्टक एक्सचेन्ज ९नेप्से० र जनरल इन्स्योरेन्सबीच सोमबार सेयर सूचीकरणसम्बन्धी सम्झौता भएको थियो। कुनै पनि कम्पनीको सेयर सूचीकरण सम्झौता भएको भोलिपल्टदेखि मात्र दोस्रो बजारमा कारोबार हुने गर्छ। सोही कारण जनरल इन्स्योरेन्सको सेयर पनि मंगलबारबाट दोस्रो बजारमा कारोबारमा आउने भनिएको थियो। तर नेप्सेले तोकेको प्राइस रेन्जमा हिजो मंगलबार पहिलो कारोबार हुन सकेन। सोही कारणले हिजो यो कम्पनीको सेयर नियमित कारोबार सुरु हुन सकेन।  

नेप्सेमा सोमबार यो कम्पनीको प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँका १ करोड कित्ता साधारण सेयर सूचीकृत भएको थियो। 

जनरल इन्स्योरेन्सलाई नेप्सेले जीआईसी कोड प्रदान गरेको छ।

यो कम्पनीले प्रतिकित्ता १०० दरका रु. ३० करोडबराबरको आईपीओ बिक्री गरेको थियो। कम्पनीले प्रतिकित्ता रु. १०० दरका ३० लाख कित्ता सेयरमध्ये ४ प्रतिशत अर्थात् १ लाख २० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् १ लाख ५० हजार कित्ता सेयर बाँडफाँड गरी बाँकी रहेको २७ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो।