काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले मेगा म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने बन्दमुखी योजना ‘मेगा म्युचुअल फन्ड–१’ लाई निष्कासन अनुमति दिएको छ। 

धितोपत्र बोर्डले यो म्युचुअल फन्डलाई साउन २८ गते निष्कासन अनुमति दिएको हो। बोर्डको अनुमतिसँगै अब योजना व्यवस्थापक तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेडले यस योजनाअन्तर्गत १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ बिक्री खुला गर्नेछ। 

कुल इकाइमध्ये न्यूनतम १५ प्रतिशत इकाइ कोष प्रवर्द्धक मेगा बैंक लिमिटेडका लागि सुरक्षित राखी बाँकी न्यूनतम ८ करोड ५० लाख इकाइ सर्वसाधारणमा सार्वजनिक निष्कासन गरिनेछ। 

यस योजनामा लगानी गर्न इच्छुक लगानीकर्ताले आफ्नो सि–आस्बा खाता रहेको बैंक ताथ वित्तीय संस्था वा मेरो सेयरमा लगइन गरी अनलाइनमार्फत समेत आवेदन गर्न सक्नेछन्।