काठमाण्डौ । काभ्रेको धुलिखेल नगरपालिकाको मतगणना सुरु भएको छ । सो क्षेत्रमा हालसम्म ५ सय मत गणना हुँदा रोचक परिणाम आएको छ । 

मेयरका लागि स्वतन्त्र उम्मेद्वार विदूरकुमार बस्नेतले २८३ मतसहित अग्रता लिएका छन् । उनी नेपाली कांग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेद्वारी दिएका व्यक्ति हुन् । 

उनली धुलिखेल कांग्रेसका सभापति पनि हुन् ।  गठबन्धन गर्दा एकीकृत समाजवादीलाई मेयर दिइएपछि त्यसमा असहमति जनाउँदै उनले कांगे्रसबाट विद्रोह गरी स्वतन्त्र उम्मेद्वारी दिएका थिए । 

उनलाई एमालेका अशोककुमार ब्याञ्जुले २१३ मतसहित पछ्याइरहेका छन् । अघिल्लो निर्वाचनमा ब्याञ्जुले जितेका थिए । 

गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका उम्मेदवार दयासागर श्रेष्ठले ८ मत मात्र ल्याएका छन् । 

धुलिखेलमा अघिल्लो निर्वाचनमा एमालेका ब्याञ्जु विजयी भएका थिए।