काठमाण्डौ । फोब्र्सले यस वर्ष तयार पारेको धेरै कमाउने संसार १ सय सेलिब्रिटीको सूचीमा भारतबाट एकजना अक्षय कुमारमात्र पर्न सफल भएका छन् । 

सुरुमा बलिउडमा एक्सन किङबाट परिचय बनाएका अक्षयले त्यसपछि रोमान्टिक र अहिले हास्यप्रदान चलचित्रमा बढी देखिन थालेका छन् । उनी फोब्र्सले सन् २०१९ बढी पारिश्रमिक लिने सेलिब्रेटीको सूचीमा अक्षय कुमारलाई ३३ औँ नम्बरमा राखेको छ । 

अक्षयको कमाई यो वर्षमात्र ६.५ करोड डलर अर्थात (भारु ४४४ करोड) रहेको छ । बलिउडमा एउटै चलचित्रबाट धेरै पारिश्रमिक लिने अभिनेतामा पनि पर्छन्। अघिल्लो वर्ष उनले चलचित्रमा अभिनय गरेबापत एउटा चलचित्रबाट भारु ३४ करोडदेखि ६८ करोडसम्म लिएका थिए । 

फोब्र्सको सन् २०१८ को सूचीमा अक्षय भारु २७० करोड आम्दानी गर्दै बढी आम्दानी गर्ने सेलिब्रेटीको सूचीमा ७६ नम्बरमा थिए । 

बलिउडका अर्का हस्ती सलमान खान यसपटक यो सूचीबाट बाहिरिएका छन् । गत वर्ष ३.७७ करोड डलर अर्थात भारु २५७ करोड कमाएर उनी यो सूचीको ८२ स्थानमा थिए । 

बलिउड किङ शाहरुख खान गत वर्ष र यो वर्ष पनि धेरै कमाउने सेलिब्रेटिको सूचीमा अट्न सकेनन् । उनी सन् २०१७ मा भने ६५ औँ स्थानमा थिए । 

सन् २०१९ को धेरै पारिश्रमिक लिने सेलिब्रेटीको सूचीमा अमेरिकी गायक टेलर स्विफ्ट नम्बर १ मा छन् । उनले यो वर्षमात्र १८.५ करोड डलर कमाएका छन् ।

दोस्रो नम्बरमा काइली कस्मेटिक्सका सञ्चालक काइली जेनर छन् । उनले यो वर्ष १७ करोड डलर कमाएका छन् ।