काठमाण्डौ । कुनै समयमा मोवाइल फोनको बादशाह मानिने नोकिया कम्पनीको स्मार्टफोन बोक्न चाहनेहरुका लागि खुशीको खबर छ । एचएमडी ग्लोबल कम्पनीले नोकियाको स्मार्टफोन चीनमा लञ्च गरेको छ । चीनमा यो स्मार्टफोनको मूल्य २४६ डलर राखिएको छ । मिडिया रिपोर्टहरुका अनुसार नोकियाको यो स्मार्टफोन केही सातापछि भारत, नेपाल लगायतका बजारहरुसम्म पनि आइपुग्नेछ । नोकियाले सन् २०१७ भित्र स्मार्टफोनका अन्य मोडेल समेत सार्वजनिक गर्नसक्ने संभावना रहेको रिपोर्टहरुमा उल्लेख छ । लञ्च भएको नयाँ स्मार्टफोनको मोडलले समेत मोवाइल दुनियाँमा एकपटक तहल्का मच्चाउन सक्ने विश्वास विज्ञहरुले व्यक्त गरेका छन् । 

कस्तो छ नोकियाको नयाँ स्मार्टफोन ?
इन्डोइड ७.० नौगाटमा चल्ने यो स्मार्टफोनले डुुअल सिमकार्डलाई सपोर्ट गर्छ । यसमा प्रयोगकर्तालाई ५.५ इञ्चको फूल एचडी स्क्रीन डिस्प्लेको साथमा २.५ डी कब्र्ड ग्लास कोटिंग गोरिल्ला ३ प्रोटेक्सन समेत प्राप्त हुनेछ । 

यो स्मार्टफोनमा ४ जीबीको र्याम दिइएको छ भने ६४ जीबीको इन्टरनल स्टोरेज क्षमता समेत रहेको छ । फोनको साउण्ड क्वालिटीमा विशेष रुपमा ध्यान पुर्याइएको छ । यसमा डोल्बी एट्मस टेक्निको साथमा डुुअल एम्प्लीफायर स्पीकर समेत राखिएको छ । 

नोकिया ६ मा १६ एमपी रेयर क्यामेरा, डुुअल टोन एलइडी फ्ल्यासको साथमा फेज डिटेक्सन अटोफोकसको सुविधा समेत उपलब्ध छ । यस अलावा ८४ डिग्रीको वाइड एंगल लेन्स तथा ८ एमपी फ्रन्ट फेसिंग क्यामेरा समेत रहेकोछ । 

फोरजी एटीई सपोर्ट, ब्लुटुुथ, जिपिएस, यूएसबीको साथमा यो फोनको ब्याटी ३००० एमएचको छ । साथै, यो फोनमा ३.५ एमएमको ज्याक तथा फ्रन्टको होम बटनमा फिंगर प्रिन्टको सेन्सर समेत राखिएको छ । तत्काल यो मोडल कालो रंगमा मात्र उपलब्ध हुनेछ । 

एचएमडी ग्लोबलले मोवाइल बजारमा जबरजस्त पुनस्र्थापित हुने रणनीतिका साथ चीनमा नयाँ मोडल लञ्च गरेको हो, कारण चीन नोकियाको निकै ठूलो बजार हो । मिडिया रिपोर्टका अनुसार एचएमडीले सन् २०१७ मा नोकियाका अन्य ५ मोडल समेत ल्याउने अधिक संभावना छ ।