काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार फुकुवा गरिदिएको छ ।
आगामी दिनमा गल्ति नदोहोर्याउने प्रतिबद्धता जनाएपछि नेप्सेले कम्पनीको सेयर कारोबार फुकुवा गरिदिएको हो ।लाभांश घोषणाको सूचना ढिला सार्वजनिक गरेपछि नेप्सेले गत कात्तिक २४ कात्तिकदेखि कम्पनीको सेयर कारोबार रोक्का गर्दै स्पष्टीकरण सोधेको थियो ।
‘सर्भर मेलमा समस्या आएको कारण समयमा जानकारी गराउन नसकिएकाले आगामी दिनमा सजग भई यस्तो गल्ती नदोहोर्याउने प्रतिबद्धतापत्र मार्फत व्यक्त गरेकाले उक्त कम्पनीलाई धितोपत्र सूचीकरण विनियमावली २०७५ र सूचीकरण सम्बन्धी सम्झौताका सर्तको पूर्ण पालना गर्न सचेत गराउँदै रोक्का रहेको धितोपत्र कारोबार फुकुवा गरिएको छ,’ नेप्सेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
गत कात्तिक २२ गते कम्पनीको सञ्चालक समिति बैठकले कुल १५ प्रतिशत लाभांश घोषणा गरे पनि कात्तिक २३ गते बजार बन्द भएपछि मात्रै नेप्सेलाई सूचना पठाएको थियो ।
7 minutes ago
22 minutes ago
44 minutes ago
1 hour ago
57 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago