काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले नेपालीलाई नक्कली भुटानी शरणार्थी प्रकरण मुछिएकाहरुमाथि निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्। उनले भने, ‘चाहे सलाम गर्ने होस् वा सलामी खाने होस्, जसको नाम आएको छ, सबैमाथि छानबिन हुनुपर्छ।’
प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद थापाले ज–जसको नाम यो प्रकरणमा मुछिएको छ, उनीहरुमाथि निष्पक्ष छानबिन हुनुपर्ने बताए। ‘कसैले पनि यसबाट मुक्ति पाउने अवस्था छैन। सरकारको पछि अब न्यायालयको पनि परीक्षा सुरु हुन्छ’, उनले भने, ‘अदालतले मैले न्याय गरेँ भनेरमात्र पाउँदैन। न्यायको अनुभूति हुनुपर्छ।’
यो प्रकरणमा कसरी अनुसन्धान भइरहेको छ भन्ने आमनारिकले हेरिरहेको थापाले बताए। ‘अहिले जसरी नामहरु आइरहेका छन्, लाज पनि लगाएको जस्तो भएको छ। को–को परेको हो, को–को नपरेको हो सुन्दा सुन्दै’, उनले भने, ‘हाम्रो वरिपरि भएका जिम्मेवारी लिइरहेका एकपछि अर्को तानिँदै जाने हुन् कि भन्ने लागेको छ। तर, यसमा सरकारको परीक्षा हुनेछ। अनुसन्धान कसरी भइरहेको छ सबै जनताले हेरिरहेका छन्।’
राज्यविरुद्धको अपराधमा संलग्न हुने एक–एक मानिसमाथि छानबिन हुनुपर्ने थापाले माग गरे। ‘चाहे घर होस् चाहे बार्दलीको होस्। नेता होस् कि नाता होस्। सलामी गर्ने होस् कि सलामी लिने होस् एक जना पनि छुट्न हुँदैन,’ उनले भने, ‘अनुसन्धान कहीँ न कहीँ लप्पकाएको छ भन्ने भयो भने विकल्पहरुबारे खोजी हुन्छ र प्रश्न उठ्छ।’
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago