काठमाण्डौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डौले ३० जनाविरुद्ध मुद्दा दायर भएको छ।
सरकारी वकिल कार्यालयले आज यो प्रकरणमा ३० जना प्रतिवादीविरुद्ध जिल्ला अदालत काठमाण्डौमा मुद्दा दायर गरेको हो। उनीहरुविरुद्ध २८ करोड ८१ लाख ७४ हजार ५०० लाख बिगो मागदाबीसहित ठगी, सरकारी लिखत कीर्ते, संगठित अपराध, राज्यविरुद्ध कसुरमा सजाय गर्न माग गरिएको छ।
यो शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाण, नेकपा एमालेका निलम्बित सचिव पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहसचिव (निलम्बित सचिव) टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार डा इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाणका स्वकीय नरेन्द्र केसी, टोपबहादुरका छोरा सन्दीप रायमाझीसहित गिरोहका योजनाकार केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, गोविन्द चौधरी र रामशरण केसी गरी १६ जना पक्राउ परेका छन्।
पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक, इन्द्रजित राईका छोरा नीरजलगायत १४ जना भने अझै फरार छन्।
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago