काठमाण्डौ । नेपालका लागि यामाहा म्युजिकको आधिकारिक विक्रेता एमएडब्लु म्युजिक प्रा.लि.ले काठमाडौंको नक्सालमा नेपालकै ठूलो सांगीतिक उपकरण तथा प्रोफेसनल अडियो सिस्टमको सो रुम सुरु गरेको छ । 

बुधबार एक कार्यक्रमबीच नेपालको चर्चित सांगीतिक समूह १९७४ एडीले यामाहा म्युजिक सोरुमको उद्घाटन गरेको हो । 

नयाँ सोरुममा यामाहा म्युजिकल इन्स्ट्रयुमेन्ट, प्रोफेसनल अडियो सिस्टम, अडियोभिडियो इक्विपमेन्टसहित अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त म्युजिकल ब्रान्ड ‘कोनिग एन्ड मेयर’ र डी’अडारियोका एसोसिरिजहरु पनि पाइनेछ ।

‘हामीले सन् २००६ मा कान्तिपथमा पहिलो यामाहा म्युजिक सोरुम खोलेका थियौं । त्यसक्रममा हामीले संगीतप्रेमीहरुका लागि अझ धेरै उपहरण र सुविधा भएको आउटलेट आवश्यक भएको अनुभव ग¥यौं । यस क्षेत्रमा लामो अनुभव हासिल गरेपछि हामीलाई नेपालकै ठूलो सोरुम खोल्ने उत्प्रेरणा मिलेको हो,’ एमएडब्लु म्युजिक प्रालिकी कार्यकारी निर्देशक सलोनी सेठिया अग्रवालले भनिन्, ‘सांगीतिक उपहरणको क्षेत्रमा विश्वकै अग्रणी ब्रान्ड यामाहासँग आवद्ध हुन पाएकोमा हामी गौरव महसुस गरिरहेका छौं । आशा छ, नयाँ सोरुमले नेपालभरिका संगीतप्रेमीको मागलाई पूरा गर्नेछ ।’

नक्सालस्थित पुलिस हेडक्वार्टर पेट्रोल पम्पनजिकै रहेको नयाँ सोरुममा गितार, किबोर्ड, पक्र्युसन इन्स्ट्रयुमेन्ट, पियानो र ड्रमदेखि एम्लिफायर, लाइभ साउन्ड, होम थिएटर स्टेसन, सिनेमा स्टेसन र रेकर्डिङ उपकहरणहरु समेत पाइन्छ । 

सोरुममा संगीतसम्बन्धी ज्ञान भएको प्रतिबद्ध स्टाफहरु पनि हुनेछन् जसले संगीत पारखीहरुलाई आफूले चाहेको उपकरण छान्ने मद्दत गर्नेछन् । साथै, यामाहा म्युजिक सोरुमले संगीतप्रेमीहरुका लागि ‘टच, फिल एन्ड एक्सपिरियन्स’को व्यवस्था समेत गर्नेछ ।

बुधबार सोरुम उद्घाटनपछि सांगीतिक कार्यक्रम आयोजना गरिएको थियो, जसमा यामाहा म्युजिकका अन्तर्राष्ट्रिय प्रस्तुतीकर्ता युकी सिमादा, जिन्दावादका किरण शाही र सिल्भर सिरिनेड लगायतले संगीत पस्केका थिए । 

यामाहा म्युजिकको स्थापना संस्थापक तोराकुसी यामाहालेले सन् १८८७ मा गरेका थिए । अहिले यामाहाले पियानो, विन्ड इन्स्ट्रयुमेन्ट, स्ट्रिङ र पक्र्युसन इन्स्ट्रयुमेन्ट र डिजिटल म्युजिक इन्स्ट्रयुमेन्टको समेत उत्पादन गर्छ । विश्वमै प्रतिष्ठित यामाहा म्युजिकले विश्व बजारको २५ प्रतिशत हिस्सा ओगटेको छ ।