काठमाण्डौ । सर्वसाधारण लगानीकर्तालाई निराश तुल्याउने गरी एकपछि अर्को गर्दै वाणिज्य बैंकहरुले नगद लाभांश मात्र घोषणा गर्न थालेका छन् । 

नगद लाभांशलाई प्राथमिकता दिने बैंकको लाइनमा  नेपाल बंगलादेश(एनबी) बैंक पनि उभिएको छ । 

यो बैंकले कर समेत गरी लगानीकर्तालाई १०.५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 

बैंकको बिहीबार बसेको संचालक समितिको ३३२ औं बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट सेयरधनीलाई १०.५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

यो निर्णय नेपाल राष्टबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित गरेपछि कार्यान्वयनमा आउनेछ ।