काठमाण्डौ। आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिद्वारा प्रवर्द्धित अशोक लेलैण्डले नेपालमा विभिन्न नगरपालिका तथा अस्पतालहरुलाई शव वाहन हस्तान्तरण गरेको छ। 

कम्पनीका अनुसार, ललितपुर महानगरपालिका, सशस्त्र प्रहरी बल हलचोक, प्रदेश अस्पताल सुर्खेत, बेदकोट नगरपालिका कञ्चनपुर तथा अन्य सरकारी संस्थाहरुलाई शव वाहन हस्तान्तरण गरिएको हो। एक अस्पताल प्रमुखका अनुसार अहिले प्रयोग हुँदै आएको शव वाहन सानो तथा पुरानो मोडलमा आधारित रहेको र यस महामारीको समयमा थप शव वाहन आवश्यकता देखिएको हँुदा प्रक्रिया अगाडि बढाएर अशोक लेलैण्डको दोस्त मोडलमा आधारित शव वाहन खरिद गरिएको कम्पनीले जनाएको छ। खरिद गरिएको शव वाहन अहिलेसम्मकै ठुलो र फराकिलो रहेको कम्पनीको भनाइ छ। 

आइएमई मोटर्सले शव वाहनसहित विशेष सुविधायुक्त एम्बुलेन्स, दमकल, ट्रक टिपर, स्कुल बससहित साना तथा ठूला कम्रसियल गाडीहरु बिक्रीवितरण गर्दै आएको छ। यसका साथै आर्मी र पुलिसका लागि प्रयोग हुने विशेष गाडीहरु पनि उपलब्ध गराउँदै आएको छ।