काठमाण्डौ । नबिल बैंक र खल्ती डिजिटल वालेटबीच मोबाइल भुक्तानी सम्बन्धी सम्झौता भएको छ। 

यस सम्झौताअनुसार बैंकका ग्राहकले नबिल स्मार्टबैंक (मोबाइल बैंकिङ) सेवा प्रयोग गरी आफ्नो खल्ती वालेट लोड गर्न सक्नेछन्। त्यस्तैगरी नबिल बैंकका ग्राहकले अब खल्तीको प्लेटफर्ममा उपलब्ध कुनै पनि प्रकारको डिजिटल भुक्तानी गर्न सक्नेछन्।

खल्ती नेपाली फिनटेक उद्योगमा एक फरक एवं नवीन पहिचान बोकेको ब्रान्ड हो। खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै– मोबाइल र टीभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ, बीमा प्रिमियम तथा अनलाइन सपिङ साइटमा भुक्तानीजस्ता ६० हजारभन्दा बढी सेवाहरुको डिजिटल भुक्तानीको सेवा प्रदान गर्दै आएको छ। 

बैंकले आफ्ना ग्राहकलाई डिजिटल भुक्तानी सेवा पुर्याउन खल्तीसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरेको छ। आफ्नो डिजिटल सेवामा खल्तीको डिजिटल भुक्तानी सेवा थप गरेसँगै बैंक आफ्ना ग्राहकलाई विस्तारित सेवाका निम्ति उच्च डिजिटल सेवा प्रदान गर्न तयारसमेत भएको छ।