काठमाण्डौ । नबिल बैंक र नेपाल स्थानीय तयारी पोसाक उत्पादन संघबीच स्थानीय तयारी पोसाक उत्पादन  व्यवसँयिहरुलँई आवश्यकताअनुसार बैंकको कर्जानीतिको अधिनमा रहेर विभिन्न बैंकिङ सेवाहरु प्रदान गर्ने सम्झौता गरेको छ।

बैंकको एसएमई तथा लघुवित्त विभागका प्रमुख निरजकुमार बस्नेत (डनिल) र संघका अध्यक्ष किशोर नेपालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। हस्ताक्षर कार्यक्रममा बैंकको लघुवित्त विभागका प्रबन्धक मनोजकुमार यादव र संघका उपाध्यक्ष सुमित प्रधानको पनि उपस्थिति थियो। 

कार्यक्रममा बस्नेतले भने, ‘राष्ट्रको विकास केवल स्थानीय व्यवसायको उत्थानसँगै दिगो सीपको विकास, उत्पादनमा वृद्धि, रोजगारी सिर्जना र सजिलो वित्तीय पहुँचका माध्यमबाट मात्र सम्भव छ भन्ने कुरामा नबिल बैंक विश्वास राख्दछ। यस रणनीतिक साझेदारीसँगै बैंकले देशको आर्थिक विकासमा योगदान पुर्याउने लक्षयका साथ स्थानीय तयारी पोसाक निर्माताहरुलाई उनीहरूको व्यवसाय बढाउन आवश्यक साना तथा मझौला कर्जालगायत विभिन्न प्रकारका बैंकिङ सुविधा उपलब्ध गराउनेछ। नबिल बैंक देशको एक जिम्मेवार कर्पोरेट नागरिकका रुपमा संघसँगको यस सहकार्यमार्फत देशभरका स्थानीय व्यवसायीहरुको ‘मेक इन नेपाल’ उत्पादनहरुलाई प्रोत्साहन गरि सहयोग पुर्याउन उत्साहित छ।’

संघका अध्यक्ष नेपालले भने ‘नेपाली उत्पादनहरू प्रयोग गरौं, राष्ट्र निर्माणमा सहयोग गरौं’ भन्ने मुल नाराका साथ नेपाल स्थानीय तयारी पोसाक उत्पादन संघ स्थापना भएको छ। आयात प्रतिस्थापन गरी स्वदेशी वस्तुमा आत्मनिर्भर हुँदै जाने क्रममा स्वदेशी उत्पादन तयारी पोसाक एउटा ठूलो सम्भावना र आशाको किरण तथा समृद्धिको बाटो हुनेमा हामी विश्वस्त छौँ।’

नबिल बैंकले आफ्नो देशभर ११९ वटा शाखा कार्यालय, १८५ एटीएम र १ हजार ५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरुसहित विभिन्न देश्मा रहेका एजेन्टको बृहत सञ्जालमार्फत निरन्तर गुनस्तरीय सेवा प्रवाह गरिरहेको छ.। एक उच्च प्रशिक्षित समूह र मजबुत र सुरक्षित बैंकिङ प्रणालीका साथ तीन दशकभन्दा बढीको बैंकिङ अनुभवका साथ नबिल बैंक ग्राहकलाई मूल्य अभिवृद्धि गर्न उच्च सेवा वितरणका लागि लक्षित छ।

२०७४ मा स्थापित नेपाल स्थानिय तयारी पोसाक उत्पादन संघ स्थानीय तयारी पोसाक उत्पादकहरूको एक गैरसरकारी संस्था हो। जुन समग्र स्थानीय तयारी पोसाक उत्पादन व्यवसायीहरुको सुरक्षाको साथ मूल्य एकरुपता लागू गर्न स्थापना भएको हो।