काठमाण्डौ । नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले यही भदौ महिनादेखि लागू हुने गरी सेयर बजारमा प्रवेश गर्न चाहना तर लगानीसम्बन्धी उचित जानकारी नभएका कारणले लगानी गर्न असमर्थ लगानीकर्तालाई लक्षित गरी मिश्रित लगानी व्यवस्थापन सेवा  सञ्चालनमा ल्याएको छ। 

लगानीका विभिन्न उपकरणमार्फत लगानी गरिने यो लगानी व्यवस्थापन सेवाबाट लगानीकर्ताले हाल बजारमा देखिएको उतारचढावका कारण व्यहोर्नुपरेको क्षतिलाई केही हदसम्म सन्तुलनमा ल्याउने र भविष्यमा यसरी सन्तुलित लगानीबाट राम्रो प्रतिफल आर्जन गर्न सक्ने कम्पनीले जनाएको छ।

सन्तुलित लगानी उच्चतम आम्दानी हुनसक्ने यस व्यवस्थापन सेवामा प्रवेश गर्न चाहने लगानीकर्ताको रकम लगानीका विभिन्न उपकरण जस्तै– म्युचअल फन्ड, बन्ड, डिबेन्चर, इक्विटी, आईपीओ, एफपीओ, राइट सेयर तथा निश्चित प्रतिफल उपकरणमा लगानी गर्ने र भैपरी आउने लगानीका लागि नगदको व्यवस्थापनसमेत गर्ने रहेको कम्पनीले जनाएको छ। 

यो लगानी व्यवस्थापन सेवाका विशेषताहरु

यसमा प्रवेश गर्न चाहने लगानीकर्ताले न्यूनतम २५ लाख रुपैयाँ वा आफुसंग रहेको सोही मूल्यबराबरको सेयर उपलब्ध गराई प्रवेश गर्न सकिनेछ। न्यूनतम लगानी अवधि ५ वर्षको रहेको यो सेवा प्राप्त गरेबापत वार्षिक ०.५ प्रतिशत वार्षिक व्यवस्थापन शुल्क लाग्नेछ भने पहिलो २ वर्षभित्र यो व्यवस्थापन सेवाबाट बाहिरिनुपरेमा आफ्नो लगानीको ३ प्रतिशत रकम तिरी जुनसुकै बेला पनि बाहिरिन सकिनेछ भने २ वर्षपछि बाहिरिनु परेमा यस्तो कुनै प्रकारको शुल्क नतिरी जुनसुकै बेला पनि बाहिरिन सकिनेछ। म्ष्कअचभतष्यलबचथ एःक् सेवाअन्तर्गत सञ्चालित यो सेवा प्राप्त गरेका लगानीकर्ताहरुले यो सेवाबाट जति धेरै नाफा गरे पनि केवल ५ प्रतिशत पर्फर्मेन्स शुल्क तिरी आफ्नो नाफाको सत्प्रतिशत रकम जुनसुकै बेला पनि  झिक्ने सक्ने कम्पनीले जनाएको छ।     

सेयर बजारको बारेमा विस्तृत विश्लेषण तथा अध्ययनको अभावका कारणले गर्दा लगानी गर्न नसक्नु भएका लगानीकर्ताहरुलाई यो सेवा प्रदान गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्डबाट लाइसेन्स प्राप्त गरी सेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरुको लगानीको उचित व्यवस्थापन गर्ने कार्यलाई लगानी व्यवस्थापन सेवा भनिन्छ। यद्यपि लगानीको व्यवस्थापन केवल सेयर बजारमा प्रवेश गरेरमात्र हुने चाहिँ होइन। अन्य उपकरणहरुमा लगानी गरेर पनि आफ्नो लगानीको व्यवस्थापन गर्न सकिन्छ। ‘विगतका दिनहरुमा यस कम्पनीबाट लगानी व्यवस्थापन सेवा प्राप्त गरेका लगानीकर्ताहरुले राम्रो प्रतिफल प्राप्त गरेका धेरै उदाहरणहरु हामीसँग छन्’, कम्पनीले भनेको छ। 

समयको अभाव सेयर बजारमा पहुँच तथा मार्गदर्शन नपाएको कारणले विद्यमान घट्दो बजार जसले दिन प्रतिदिन लगानीका लागि मौका प्रदान गरिरहेको छ र घट्दो बजारको लगानीबाट नै भविष्यमा राम्रो आम्दानी हुनसक्ने भएकोले यो मिश्रित लगानी व्यवस्थापन सेवा उपलब्ध गराइएको हो।

यससम्बन्धी विस्तृत जानकारीका लागि नबिल इन्भेष्टमेण्ट बैंकिङको फोन नम्बर ४४११६०४, ४४११७३३ को एक्टेन्सन नम्बर १३४, १४१ मा सम्पर्क गर्न वा ई–मेल marketing@nabilinvest.com.np मा आफ्नो जिज्ञासा राख्न सकिनेछ।