काठमाण्डौ । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित ३ वटा योजनाहरुको कात्तिक महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ।

कोष प्रवर्द्धक नबिल बैंक र योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेका नबिल इक्विटी फन्ड, ब्यालेन्सड् फन्ड–२ र ब्यालेन्सड् फन्ड–३ को वित्तीय विवरण सार्वजनिक भएको हो। यीमध्ये दुईवटाको प्रतिइकाइ खुद सम्पत्ति मूल्य (न्याभ) कात्तिकमा घटेको छ भने एउटाको बढेको छ। 

कात्तिकमा इक्विटी फन्डको न्याभ घटेर ९.५६ रुपैयाँ कायम भएको छ। गत असोजमा यो योजनाको न्याभ ९.९३ रुपैयाँ थियो।

यो योजनाअन्तर्गत कात्तिकसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल १ अर्ब ७ करोड रुपैयाँ लगानी भएको छ। गत भदौसम्म यस्तो लगानी १ अर्ब ६ करोड रुपैयाँ थियो।

कात्तिकमा यो योजनाको कुल नोक्सानी ६ करोड ५८ लाख रुपैयाँ रहेको छ। गत असोजमा कुल नोक्सानी ८ करोड २६ लाख रुपैयाँ थियो।

कात्तिकमा ब्यालेन्सड् फन्ड–२ को न्याभ पनि घटेर ९.५१ रुपैयाँ कायम भएको छ। गत असोजमा न्याभ १०.१० रुपैयाँ थियो।

यो योजनाअन्तर्गत कात्तिकसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल १ अर्ब ३ करोड रुपैयाँ लगानी भएको छ। गत असोजसम्म यस्तो लगानी १ अर्ब २ करोड रुपैयाँ थियो।

कात्तिकमा यो योजनाको कुल नोक्सानी ६ करोड ५६ लाख रुपैयाँ रहेको छ। गत असोजमा कुल नोक्सानी ७ करोड ७५ लाख रुपैयाँ थियो।

यसैगरी कात्तिकमा ब्यालेन्सड् फन्ड–३ को न्याभ भने सामान्य बढेर ८.२५ रुपैयाँ कायम भएको छ। गत असोजमा न्याभ ८.१३ रुपैयाँ थियो।

यो योजनाअन्तर्गत कात्तिकसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल ७० करोड ५ लाख रुपैयाँ लगानी भएको छ। गत असोजसम्म यस्तो लगानी ७९ करोड ६६ लाख रुपैयाँ थियो।

कात्तिकमा यो योजनाको कुल नोक्सानी ३ करोड ९८ लाख रुपैयाँ रहेको छ। गत असोजमा कुल नोक्सानी ५ करोड ५३ लाख रुपैयाँ थियो।