काठमाण्डौ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल केशरी शाहमा कोरोना संक्रमण पुष्टि भएको छ। 

सीईओ शाहले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन्। उनले गत अक्टोबर १४ मा पीसीआर परीक्षण गराएका थिए। ‘त्यसको नतिजा पोजेटिभ आयो’, उनले स्टाटसमा भनेका छन्।

केही दिनअघि आफूले गन्धरबासना थाहा पाउन छोडेको शाहले बताएका छन्। ‘त्यसपछि १४ अक्टोबरमा पीसीआर गराएँ, रिजल्ट नेगेटिभ आयो’, उनले भने, ‘हिजो पनि फेरि पीसीआर परीक्षण गराएको थिएँ, हिजो पनि पोजेटिभ नै नतिजा आएको छ।’

शाहका अनुसार उनमा अझै पनि गन्ध थाहा नपाउने लक्षण कायम रहेको छ। ‘त्यसैले डाक्टरको सल्लाहअनुसार होम आइसोलेसनमै बसेको छु’, उनले भने। 

गन्ध थाहा नपाउनेबाहेक आफूलाई अन्य कुनै लक्षण नदेखिएको पनि शाहले प्रस्ट पारेका छन्।