काठमाण्डौ । नबिल बैंकको नवनियुक्त अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले शपथ ग्रहण गरेका छन् । 

नवनियुक्त अध्यक्षलाई आज बुधबार आयोजित एक भर्चुअल समारोह बीच नेपाल राष्ट्र बैंककँ गभर्नर महाप्रसाद अधिकारीले शपथ ग्रहण गराएका थिए । शपथ ग्रहण समारोहमा नेपाल राष्ट्र बैंक तथा नबिल बैंकका उच्च पदस्थ कर्मचारीहरुको भर्चुअल उपस्थिति थियो ।

गत मंसिर १५ गतेदेखि सञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गर्नुभएका पौड्याल गत आश्विन २० गते बैंक सञ्चालक समितिको अध्यक्षमा नियुक्त भएका थिए ।