काठमाण्डौ । आफ्ना ग्राहकलाई नयाँ पद्धतिको बैंकिङ्ग सुविधा उपलब्ध गराउने उद्देश्यले नबिल बैंकले ‘नबिल स्मार्टबैंक’ एपमा ‘कार्ड इन्टिग्रेसन’ सुविधाको सुरुआत गरेको छ। 

यस सुविधा अन्तर्गत अब ग्राहकले आफ्नो कार्डको जानकारी जस्तै– कार्ड स्टेटमेन्ट, कारोबारको विवरण, कार्ड ब्यालेन्सका साथै कार्ड सक्रियता तथा निष्क्रियता र कार्डमार्फत साइन अपजस्ता कार्यहरु नबिल स्मार्टबैंक एपबाटै गर्न सक्नेछन्।

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा आफ्नो  ग्राहकको हित तथा आवश्यकतालाई  मध्यनजर गर्दै स्वास्थ्य एवं सुरक्षित सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले यो सुविधा डेबिट, क्रेडिट, तथा प्रिपेड कार्डहरुमा उपलब्ध गराएको छ।

सन् १९८४ देखि आफ्ना ग्राहकलाई समायनुकूल सेवा प्रदान गर्दै आएको नबिल बैंकको ११९ शाखा,  १८५ एटीएम र १ हजार ५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुआत गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुंगाका रुपमा काम गर्दै आएको छ। यस बैंक ग्राहकको उच्च सन्तुष्टि एवं आधुनिक बैंकिङ युगको सुरुआत गर्नेतर्फ केन्द्रित रहेको छ।