काठमाण्डौ । हरेक पक्षमा अग्रपंक्तिमा रहेको नबिल बैंकले कुनै न कुनै नवीनतम काम गर्दै आइरहेको छ। 

यसै क्रममा बैंकले कर्मचारी दक्षता स्तरोन्नति गर्न “नबिल डिजी वर्कस्पेस” ल्याएको छ। यसले हाल चलनमा रहेको इन्ट्रानेटलाई विस्थापित गर्नेछ। सम्पूर्ण कर्मचारीले आफूले गर्नुपर्ने दैनिक कामकाज नबिल डिजी वर्कस्पेसमा गएर इन्ट्री गर्ने छन् र विद्युतीय प्रणालिबाट उक्त कामको प्रक्रिया अगाडि बढ्नेछ। 

नबिल डिजी वर्कस्पेसको उद्घाट्न गर्दै बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले कागजविहीन काम गर्ने वातावरण अबको आवश्यकता रहेको बताए। सोही कार्यक्रममा निमित्त प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले नबिल डिजी वर्कस्पेसमा आएको काम स्वीकृत गरे।

नबिल डिजी वर्कस्पेसमा कर्मचारीहरुले आफूले दैनिक गर्नुपर्ने काम कहाँ छन्, कोसँग छन्, तिनको जानकारी सहजै एक क्लिकबाट भेट्नेछन्। यसो गर्दा कम समयमा काम सम्पन्न हुने र ग्राहकलाई छिटोछरितो सेवा प्रदान हुनेछ भन्ने कुरामा बैंक विश्वस्त छ।

अबका दिनमा फाइल स्वीकृत गर्ने कर्मचारीहरुले सिस्टम अलर्ट पाउनेछन् र त्यहाँ अपलोड गरिएका फाइलहरु हेरेर ग्राहकका कामहरु स्वीकृत गर्न सक्नेछन्। यसले कागजी प्रक्रिया बिना तीव्र रुपमा अनिर्णित कामहरु सम्पादन गर्न सहयोग पुग्नेछ।

सन् १९८४ देखि आफ्ना ग्राहकलाई समायानुकूल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको १३५ शाखा, १७६ एटीएम र १ हजार ५०० भन्दा बढी नबिल रेमिट एजेन्ट रहेका छन्। नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुआत गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुंगाका रुपमा काम गर्दै आएको छ। 

यस बैंक ग्राहकको उच्च सन्तुष्टि एवं आधुनिक बैंकिङ युगको सुरुआत गर्नेतर्फ केन्द्रित रहेको छ।